जिफन्टमा गुरुङको नेतृत्वमा नयाँ कमिटी


काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौं राष्ट्रिय श्रमिक महिला सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा देशभरीबाट झण्डै ३ सय महिला र पुरुष प्रतिनिधि सहभागि थिए । सम्मेलनले जिफन्ट अन्तर्गतको नयाँ महिला कमिटी चयन गरेको छ । मिना गुरुङको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । 

यसअघि सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार समेत रहेका जिफन्ट अध्यक्ष विष्णु रिमालले ट्रेड युनियन आन्दोलनमा महिला सहभागिता बृद्धि गर्न सुरु गरिएको अभियान २५ बर्ष पुगेको र सो अभियानले महत्वपूर्ण उपलव्धी हासिल भएको बताए ।

उनले महिला कमिटी बनाउन सुरु गर्दा नेतृत्वमा महिलाको प्रतिनिधित्व शुन्य रहेको हुनाले त्यसलाई बृद्धि गर्दै लैजान हरेक महाधिवेशनमा ५ प्रतिशतमहिला सदस्यता बृद्धि गर्ने लक्ष्य राखिएको स्मरण गरे  ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: