एफएनसीसीआर्इ उपाध्यक्षको निर्वाचन आज हुने


नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/ नगर उपाध्यक्षको निर्वाचन आज हुँदैछ।महासंघको केन्द्रीय कार्यालय टेकुमा मध्यान्ह ११ बजेदेखि मतदान सुरु हुनेछ।


उपाध्यक्षको निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद उम्मेदवार छन्।प्रधान वरिष्ठ उपाध्यक्षमा पराजित हुन् भने केसी र साउद केन्द्रीय सदस्य हुन्।उनी नेपाल चेम्बर अफ कमर्शको प्रदेश नम्बर सातका प्रदेश सभापति भइसकेका छन्।

तीन जना उम्मेदवार भएपनि निर्वाचन भने प्रधान र केसीबीच हुनेछ।प्रधानलार्इ उपाध्यक्षमा ल्याउन महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालको सबै भन्दा बढी लागेका छन्।उनको पक्षमा एक साता अघिदेखि महासंघकी अध्यक्ष भवानी राणा समेत खुलेर लागेकी छिन्।

सर्वोच्च अदालतमा मुद्दा रहँदासम्म मौन रहेकी राणा पछिल्लो समयमा आएर प्रधानको पक्षमा लागेकी हुन्।स्रोतका अनुसार नेपाल चेम्बर अफ कर्मश महासंघमा रुपान्तरण भएपछि लड्न/भिड्नसक्ने व्यक्ति प्रधान मात्रै हुने भन्दै उनलार्इ राणाले समर्थन गरेकी हुन्।निर्वाचनको पूर्वसन्ध्यामा विहिवार काठमाडौंमा भएको दुबै पक्षले मतदाताका लागि वेलकम पार्टी गरेका थिए।राणा प्रधान समूहले पाटनमा रहेको वेलकम होटलमा भएको पार्टीमा मात्रै सहभागी भर्इन्।केसीको नक्सालको रेष्टुरेन्टमा पार्टी राखेका थिए।केसी महासंघलेनै र्याडिसन राखेको पार्टीमा सहभागी भए।उनले त्यही केही जिल्लाका मतदातासँग कुराकानीमा व्यस्त थिए।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा दुबै पार्टीमा सहभागी भएनन्।महासंघका एक केन्द्रीय सदस्यका अनुसार प्रधानलार्इ जुनसुकै हालतमा उपाध्यक्ष ल्याएर वरिष्ठ उपाध्यक्ष स्वत :अध्यक्ष हुने प्रावधानलार्इ संशोधन गर्ने पक्षमा चण्डीराज ढकाल लागेका छन्।

ढकाल सधै शक्तिशाली भएर महासंघलार्इ आफ्नो अनुकुल प्रयोग गर्न चाहन्छन्।महासंघ संघीय संरचनामा गएपछि पनि ढकालको छाँयाबाट टाढा हुन सकेको छैन।अहिले पनि प्रदेशमा हुने अधिकांश कार्यक्रममा ढकालनै प्रमुख अतिथि रहने गर्छन्।अझ हरेक कार्यक्रममा उनी फ्रन्टसीटमा बस्छन् र अध्यक्षको जस्तै भूमिका देखाउँछन्।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: