कमोडिटी बजार सञ्चालनको कानुनी बाटो खुलेपछि नयाँ संरचनामा जाँदै डेरिभेटिभ एक्सचेन्ज


काठमाडौं। बस्तु तथा विनिमय बजार सञ्चालनको लागि नेपाल डेरिभेटिभ एक्सचेन्ज लिमिटेडले धितोपत्र बोर्डमा निवेदन दिने भएको छ। धितोपत्र बोर्डले कमोडिटी बजारलार्इ नियमन गर्न बस्तु तथा विनिमय बजार सम्बन्धी नियमावली २०७४ ल्याएसँगै कमोडिटी बजार सञ्चालनको कानुनी बाटो खुलेको हो। 
वस्तु तथा विनिमय बजार सम्बन्धी ऐन तथा नियमावली अनुसार कमोडिटी एक्सचेन्ज सञ्चालनको लागि ५० करोड रुपैयाँ चुक्ता पुँजी जुटाउनु पर्ने भएकोले बोर्डलमा अहिलेसम्म एउटा कम्पनीले मात्र एक्सचन्जको लागी निवेदन दिएको छ। बोर्डमा एनआरएनमार्फत जिमेक्स कमोडीटी एक्सचेन्जले अनुमति दिएको छ।
सन् २००८ देखि नेपालमा कमोडिटी बजार सञ्चालन गर्दै आएको नेपाल डेरिभेटिभले पूर्ण रुपमा नेपालीहरुकै लगानीमा एक्सचेन्जको लागि अनुमति लिन लागेको एक्सचेन्जका निर्देशक रविशंकर सिंहले जानकारी दिए।
Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: