मेगा स्कुलमा शुरू भयाे स्पाेर्टस् मिट, २६ गते अभिभावक दिवस


तारकेश्वरकाे शान्तिटाेलमा सञ्चालन हुँदै अाएकाे मेगा पब्लिक स्कुलले स्पाेर्ट मिट ३ दिन सम्म चल्ने गरी सञ्चालन शुरू गरेकाे छ । २६ गते शनिवार भने व्यापक उपस्थिति सहित अभिभावक दिवस मनार्इनेछ । अभिभावक दिवसमा संलग्न हुनकाे निम्ति सम्पूर्ण अभिभावकहरूलार्इ विद्यालय टिमले अाग्रह समेत गरेकाे छ ।

स्पाेर्टस मिटकाे उद्घाटन जुडाेका प्रमुख प्रशिक्षक वीरेन्द्र रञ्जितले गरे । उनले खेलकुद क्षेत्रकाे महत्व बारे अाफ्नाे धारणा राखे । साथै जुडाे पछिल्लेा समय विश्व्भर नै फस्टाइरहेकाे र यसकाे राम्राे सम्भावना रहेकाे   समेत जानकारी गराए  ।

गायिका पारू रंजितले छाेटाे सांगितिक प्रस्तुती समेत दिएकी थिइन् । साथै नारी दिवसकाे अवसरमा लन्च हुन लागेकाे अाफ्नाे गीत हिए जस्तै सफा मनकाे भाकामा उनले प्रस्तुती दिएकी थिइन् ।

विद्यालयका प्रिन्सिपल अमृत भण्डारीले शिक्षाकाे अलावा खेलकुद क्षेत्रमा समेत विद्यार्थीहरूलार्इ अघी बढाउनुपर्ने मान्यता बमाेजिम स्पाेर्ट मिट अायाेजना गरिएकाे बताउनुभयाे ।

खेलकाे उत्घाटन बेलुन फुटाएर गरिएकाे थियाे ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: