आईपीएल : दिल्ली डेयरडेभिल्सको कप्तानमा गौतम गम्भिर


काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिगमा खेल्ने टिम दिल्ली डेयरडेभिल्सको कप्तानी गौतम गम्भिरले गर्ने भएका छन् ।

दिल्ली डेयरडेभिल्सले बुधबार गम्भिरलाई आफ्नो कप्तानको रुपमा घोषणा गरेको हो । आईपीएलको सुरुवाती संस्करणमा डेयरडेभिल्सबाट खेलेका गम्भिर यसअघि कोलकत्ताबाट खेलेका थिए । उनले कोलकत्ताका लागि लगातार ७ वर्षसम्म खेलका थिए ।

नाइट राइडर्सले गम्भिरलाई रिटेन नगरेपछि डेयरडेभिल्सले भित्र्याएको हो । यही टिमबाट सन्दीपले पनि खेल्नेछन् । डेयरडेभिल्सको टिममा गम्भिरसँगै भारतीय तीव्र गतिका बलर मोहम्मद सामी, भेट्रान लेग स्पिनर अमित मिश्रा, अष्ट्रेलियन ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकी बलर कागिसो रबाडा तथा क्रिस मोरिसलगायतका खेलाडीहरु रहेका छन् ।

अप्रिल ७ देखि सुरु हुने आईपीएलमा डेयरडेभिल्सले आफ्नो पहिलो खेल किङ्गस इलेभेन पञ्जाबसँग घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा खेल्नेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: