तारकेश्वरमा खाद्य सुरक्षा, स्वच्छता र ग्यास प्रयाेग सम्बन्धी सचेतना कार्यक्रम


नागरिक सराेकार समाज तारकेश्वरले तारकेश्वर नगरपालिकासँगकाे सहकार्यमा खाद्य सुरक्षा, खाद्य स्वच्छता, अाधारभूत उपभाेक्ता अधिकार तथा खाना पकाउने LP ग्यास प्रयाेग र सुरक्षा  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ ।

नागरिक सराेकार समाज तारकेश्वरका अध्यक्ष चन्द्रमणि अधिकारीकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत सन्ताेष दाहालले खाद्यान्नकाे क्षेत्रमा भएका अहिलेका समस्याहरू, बजारकाे अवस्था, उपभाेक्ता सचेतनाकाे निम्ति गर्नुपर्ने पहल, व्यवस्थित गर्नकाे निम्ति व्यवसायी र उपभाेक्ताकाे दायित्व लगायत सम्बन्धमा रही कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

नागरिक सराेकार समाज तारकेश्वरका महासचिव दिवाकर पाैडेलले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा उपभाेक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिनाले कार्यक्रमकाे अाैचित्यता र उपभाेक्ता जागरण सम्बन्धमा अाफ्नाे मन्तव्य राख्नुभएकाे थियाे । 

ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले ग्यास प्रयाेगकाे सम्बन्धमा उपभाेक्ताहरू जागरूक हुनुपर्ने साथै बजार समेत थप व्यवस्थित हुनुपर्ने  सम्बन्धमा धारणा राख्नुभएकाे थियाे ।

तारकेश्वर नगरपालिका वडा नम्बर ६ स्थित साझा पार्टी प्यालेसमा भएकाे उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सक्रिय महिलाहरू, जनप्रतिनिधि, विद्यार्थी, समाजसेवी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: