ओस्कार अवार्डमा ‘द सेप अफ वाटर’ सर्वोत्कृट फिल्म घोषित


काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा ‘द सेप अफ वाटर’ फिल्म सर्वोत्कृष्ट घोषित भएको छ ।

अमेरिकाको लस एन्जेलसमा सोमबार सम्पन्न ९०औं ओस्कार अवार्डमा यही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

१३ विधाका लागि मनोनयनमा परेको द सेप अफ वाटरले प्रोडक्सन डिजाइन र संगीततर्फको अवार्ड पनि जितेको छ ।

सर्वोत्कृष्ट अभिनेता ‘डार्केस्ट आवर’बाट गेरी ओल्डम्यान बनेका छन् भने फ्रान्सेस म्याकडोरम्यान्ड ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

स्पेनिस फिल्म ‘द फेन्टास्टिक वुमन’ सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: