कला क्षेत्रमा नै भविष्य देखेकी मेनुका टेलिसिरियलमा चर्चा कमाउँदै


सानै देखि कलाकारितामा चासो राख्दै आएकी मेनुका गुरुङ गोर्खाको खोर्लामा जन्मिएकी हुन् । हाल काठमाडौंको मनमोहन मेमोरियल कलेजमा कक्षा ११ मा पढ्दै गरेकी उनी भर्खरमात्रै एता न उता हातमा जुत्ता भन्ने टेलिसिरियलमा अभिनय शुरु गरेकी छिन् । उनलाई यो अफर सिनेसाइड म्युजिकले मिलाइदिएको छ ।
विस्तारै ठूलो पर्दामा पनि चाहना राखेकी उनले यसै क्षेत्रमा नै आफ्नो करियर देखेकी छिन् । टेलिसिरियलमा काम शुरु गरेकी उनलाई केही म्युजिक भिडियोहरुबाट समेत अफर आइसकेको छ ।

गोरखा स्थायी घर भएकी उनलाई सुटिङको लागि सिनेसाइड युनिट गोरखा पुगेको समयमा भेटघाट भएको र आफ्नो कला क्षेत्रमा इच्छा रहेको बताएसँगै कला क्षेत्रमा संलग्न हुनको निम्ति सिनेसाइड युनिटले सहयोग गरेको हो ।


घरपरिवार राम्रो सँग अध्ययनमा नै लाग्नको निम्ति समय समयमा आग्रह आएपनि आफ्नो चाहना भने कला क्षेत्र नै भएको कारण यसै क्षेत्रमा नै अघी बढ्ने योजनामा रहेको मेनुका तामाङले सेतोघर डट कमलाई बताइन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: