मेलाबाट साना व्यवसायीहरुलाई समेत थप प्रोत्साहन मिलेको छ

  • मुख्य समस्या नै दक्ष जनशक्ति

  • जीवन श्रेष्ठ, सञ्चालक, भेनस शुज

    नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघले पहिलो पटक काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शनी तथा विक्री मेलामा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको छ । ‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ शुरु भएको यस मेलाले  साना तथा घरेलु व्यवसायको रुपमा समेत ब्यबसाय गर्दै आएका  जुत्ता व्यवसायीहरुलाई सहयोग पुग्ने अपेक्क्षा  राखिएको छ ‍,  नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघले सानाठूला ओझेलमा रहेका व्यवसायीहरुलाई प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा सहित यस्तो पहल गरेको हो ।

    यसपटकबाट संघले शुरुवात गरेको मेला आगामी बर्ष देखि यही समयमा बर्षमा १ पटक आयोजना गरिनेछ । यस पटकको मेला १० दिनको लागि आयोजना गरिएको हो । यस मेलामा ३ लाख अवलोकनकर्ताहरुले मेला अवलोकन गर्ने अपेक्षा राखिएको मेलामा संलग्न भेनस शुजका प्रबन्ध निर्देशक जीवन श्रेष्ठ बताउनुहुन्छ । साथै मेलाको उद्धेश्य सम्बन्धमा समेत आफ्नो धारणा राख्दै यस मेलाबाट नेपालका सानो लगानीका जुत्ता चप्पल व्यवसायीहरुलाई प्रतिष्पर्धी बजारमा अघी आउन सहज हुने समेत ऊहाँ बताउनुहुन्छ ।

    मेलाबाट जुत्ता उपभोक्तालाई हुने फाइदा :
    नेपालमा उत्पादित जुत्ताचप्पलहरु विक्री तथा प्रदशर्नीमा राखिएको यस मेलामा विशेष छुटमा जुत्ताचप्पल खरिद गर्न सकिनेछ । मेलाको अर्को फाइदा भनेको मेला अवधि सकिए पश्चात् समेत उत्पादकसँग सिधै जोडिन सक्ने अवसर समेत प्राप्त हुन सक्छ । जसले गर्दा ग्राहकले कुनै दिन पनि बजारमा मूल्य र गुणस्तर सम्बन्धमा भ्रममा पर्नुपर्दैन ।

    मुख्य समस्या : दक्ष जनशक्ति
    नेपाली जुत्ता उद्योगहरुको निम्ति अहिलेको मुख्य समस्या भनेको दक्ष जनशक्ति नै हो । नेपालमा अहिले युवाहरु यस क्षेत्रमा काम गर्न सहज तयार नहुने अवस्था छ । जसले गर्दा विदेशबाट कामदारहरु ल्याएर काममा लगाउनुपरेको छ ।

    फरक विशेषताको भेनस शुज :
    नेपाली बजारमा ३ बर्ष देखि अन्तराष्ट्रिय स्तरका जुत्ताहरु उत्पादन कार्यमा संलग्न रहँदै आएको यस भेनस शुजले स्थापनाको छोटो अवधिमा नै आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ ।
    युवा पिँढीलाई लक्षित गरेर उत्पादनहरु बजारमा ल्याएको यस कम्पनीले आगामी दिनमा पनि नेपालका युवाहरुको चाहना बमोजिमका जुत्ताहरु बजारमा ल्याउने योजना बनाएको कम्पनीका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले बताउनुभयो ।

    लगानी र बजार सञ्जाल :
    शुरुवातमा करिब ६० लाखको लगानीमा सञ्चालनमा आएको यस कम्पनीले नेपालमा विभिन्न क्षेत्रमा शोरुमहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं, बुटबल, इटहरी, धनगढी, नेपालगन्ज लगायतमा यस कम्पनीका शोरुमहरु छन् । जसले गर्दा कम्पनीले आफूलाई प्रतिष्पर्धी बजारमा बलियो बनाउँदै लगेको छ ।

    प्रतिष्पर्धी बजारमा राम्रो अवस्थामा छौं :
    अहिले नेपाली जुत्ताहरु गुणस्तरमा पनि निकै राम्रा छन् । अहिले जीवन श्रेष्ठले सञ्चालन गरेको भेनस शुजले बजारमा ल्याएका जुत्ताहरु विदेशबाट आयात गरिएका जस्तै देखिन्छन् । यसकारण अधिकांश ग्राहकहरु विदेशी जुत्ता नै भन्ने पनि गरेको श्रेष्ठ बताउनुहुन्छ । तर नेपाली जुत्ता नै हो भनेर जानकारी गराउन पाउँदा आफूलार्ई थप गर्व महसुस हुने समेत श्रेष्ठ बताउनुहुन्छ । साथै भेनस शुजले ग्राहकको सन्तुष्टि परिपुर्ति गर्ने किसिमले थप आक्रामक रुपमा बजारमा अघी बढ्ने आफ्नो योजना रहेको समेत श्रेष्ठले बताउनुभयो । साथै नेपालमा नै रहेर काम गर्ने हो भने नेपालमा नै विदेशमा कमाउन सकिने पैसा कमाउन सकिने भन्दै आफ्नो देशमा नै अवसर खोज्नुपर्नेमा समेत ऊहाँले जोड दिनुभएको छ ।

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: