वाम गठबन्धनमा मिल्याे मन्त्रालयकाे भागवण्डा


काठमाडौं । एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ । माओवादीले गृह र उर्जा सहित ७ मन्त्रालय पाएको छ । माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । तर, दुबै मन्त्रालय एमाले आफैंले राखेको छ ।

एमाले नेताहरुले भने यो बाँडफाँट प्रस्तावित भएकाले केही संशोधन हुन सक्ने संकेत गरेका छन् । महासचिव ईश्वर पोखरेलले भने, मन्त्रालय बाँडफाँटबारे दुई अध्यक्षबीच सामान्य छलफल भएको हो । औपचारिक रुपमा टुंगो लागेको छैन ।’

कार्यदलको संयुक्त बैठक बस्नु पूर्व दुई अध्यक्षबीच छलफल भएको थियो । त्यहाँ प्रधानमन्त्री ओलीले गृह र परराष्ट्रमन्त्रीमा व्यक्ति पनि हेर्नु पर्ने बताएको एक नेताले जानकारी दिए। मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरु भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: