पानीलाई औषधीको विकल्पको रुपमा प्रयोग गर्ने मान्यता सहित उच्चगुणस्तरीय परिवेश वाटर बजारमा


नेपालमा पानीको क्षेत्रमा गुणस्तरमा विशेष केन्द्रित रहने मान्यता सहित परिवेश महत वाटर प्रा.लि.सञ्चालनमा आएको छ । विगतमा नेपालको पहाडी जिल्ला तनहुँमा जन्मिएर युरोप, ताइवान लगायतमा समेत विभिन्न कार्यअनुभव समेट्नुभएका विष्णु महत सहितको टिमले यो पानी बजारमा ल्याउन सफल भएको हो ।


नेपालका उपभोक्ताको स्वास्थ्यमा विशेष सचेतना अपनाउँदै आफ्ना गतिविधिहरु आगामी दिनमा अघी बढाउने र उपभोक्ताहरुमा स्वास्थ्य प्रति सचेतना विस्तार गर्ने कार्यमा आफू निरन्तर रुपमा लागिरहने प्रतिवद्धता समेत महतले जनाउनुभएको छ । विभिन्न सामाजिक गतिविधिहरुमा समेत संलग्न रहनुभएका महत नेतृत्वको यो कम्पनीले रानीवारी क्षेत्रबाट परिवेश पानीको उत्पादन शुरु गरेको छ ।
रानीवारी स्थित कुमारीटोेल सुधार समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका ऊहाँले पानीको क्षेत्रमा पहिले देखि नै काम गर्दै आउनुभएको थियो । उक्त टोलमा पानीको समस्या रहेको कुरालाई मध्यनगर गरी स्थानीहरुलाई पाइपलाइन मार्फत सबैको पहुँचमा पानी पुर्याउने कार्यमा समेत ऊहाँको संलग्नता रह्यो ।

नेपालमा पानीको क्षेत्रमा नयाँपन दिने पहलमा लाग्नुभएका ऊहाँले आफ्नो फ्याक्ट्रीमा सिसिटिभी, ऐना, आधुनिक प्रविधिको टायल, उच्च गुणस्तरीय प्रशोधन प्रविधियुक्त मेसिन, प्याकेजिङ लगायतको पहल गर्नुभएको छ ।
करिब ७ करोडको लगानीमा सञ्चालनमा आएको यस कम्पनीले आफ्नो पानीको स्वाद लिइसकेका ग्राहकहरुले पुःन आफ्नो पानी नै पिउन बाध्य पार्ने किसिमले काम अघी बढाउने योजना समेत बनाएको छ ।

पानी उत्पादनका सबै काम अटोमेटिक सिस्टमबाट नै हुने किसिमले कम्पनीले पहल गरिरहेको छ । साथै यस कम्पनीबाट उत्पादित पानी बजारीकरणको काम समेत शुरु भएको छ ।
पहिलो चरणमा यस कम्पनीबाट उत्पादित पानी नेपालमा विभिन्न पर्यटन स्तरीय होटलहरु, अस्पतालहरु, कर्पोरेट कम्पनीहरु लगायतमा केन्द्रित हुने कम्पनीका प्रबन्ध निर्देशक विष्णु महतले बताउनुभयो ।

कम्पनीले आरओ, रिजर्भवेयर, म्यानुअल लगायतका विभिन्न प्रक्रियाबाट पानी शुद्धिकरण गर्नेछ । यस कम्पनीको पानी शुद्ध भएको वा नभएको जानकारी प्रदान गर्नको निम्ति विद्युतीय लाइटको समेत व्यवस्था गरेको छ । उक्त लाइटले नै पानी उत्पादनको क्रममा पानी शुद्ध भएको वा नभएको भन्ने जानकारी दिनेछ । जसअनुसार हरियो बत्ति बले पानी शुद्ध भन्ने बुझ्न सकिनेछ भने रातो बत्तीले अशुद्ध पानी भन्ने बुझाउनेछ ।

 

गुणस्तरमा विशेष जाेड दिएका छाैं ः

विष्णु महत, प्रबन्ध निर्देशक, परिवेश महत वाटर प्रा.लि

हामीले नेपालमा पिउने पानीको क्षेत्रमा नयाँ अभ्यासको शुरुवात गरेका छौं । हामीले गुणस्तरलाई पहिलो सर्त बनाएका छौं । मानवीय शरीरलाई स्वस्थ रहनको निम्ति शुद्ध पानी पहिलो सर्त हो । हामी सोही मान्यता बमोजिम स्थापना भएका हौं ।
हामीले विक्री गर्ने पानी मुहानबाट नै प्राकृतिक रुपमा उत्पादित पानी हो । यो पानी तुलनात्मक रुपमा केही महँगो लाग्न सक्छ तर पानीको गुणस्तर बारे चासो राख्ने व्यक्तिहरुले यस पानीको उत्पादन प्रक्रिया, प्याकेजिङ, व्यवस्थापन, गुणस्तरीयताको निम्ति गरेका पहलहरु लगायत सबै पक्षलाई सुक्ष्म तवरले अध्ययन गर्ने हो भने महँगो लाग्नेछैन ।

अहिले हामीले उपभोक्तालाई उपलब्ध गराउने २० लिटरको जार दानाबाट बनेको छ । जुन एकदमै नयाँ अभ्यास हो । नेपालमा अहिले सामान्यतया विक्री हुने जार तथा बोतलहरु प्लाष्टिकबाट बनेकाछन् ।

हामीले खुसीयाली बाँडेका छौं :
हामीले पानीको पैसा लिएका छैनौं । यसबाट मिल्ने शान्ति र उपभोक्ताको सन्तुष्टि बापत केही सेवा शुल्क मात्र हामीले लिएका हौं । जीवन जिउनको निम्ति आवश्यक शारीरिक रुपमा स्वस्थताको अलावा मानसिक रुपमा प्राप्त हुने खुसी र सन्तुष्टिको निम्ति हाम्रो टिम निरन्तर रुपमा लागिरहेको छ ।

पानीलाई औषधी बनाउन सकिनेमा प्रतिवद्ध छौं
हामीले उत्पादन गर्ने पानीलाई सामान्य पानीको रुपमा नभई विभिन्न रोगहरुबाट मुक्त बनाउने औषधीको रुपमा उपभोक्ताले लिनुहुनेछ भन्नेमा हामी आशावादी छौं । हामीले पिउने पानीलाई राम्रो तवरले स्वच्छ राख्न सक्ने हो भने यसले मानिसमा निम्तिने अधिकांश रोगहरु हटाउन सकिन्छ । रानीवारी क्षेत्रको जङ्गल क्षेत्रबाट उत्पादन भएको यस पानीको नियमित प्रयोगको क्रममा उपभोक्ताले आफैं महसुस गर्न सक्नुहुनेछ कि यस पानीको उपयोग सँगै आफ्नो जीवनका विविध आयामहरुमा कसरी परिवर्तन हुँदै गएको छ ।

अधिकांश रोगको पहिलो स्रोत नै पानी :
पानी जीवनको लागि पहिलो आवश्यकता हो । जुन स्वस्थकर हुनु जरुरी छ । तर अहिले नेपालमा पानीको गुणस्तर र स्वस्थतामा मानिसहरु सचेत हुन नसकेको कारण विभिन्न किसिमका रोगहरु निम्तिएका छन् । तर पानीको प्रयोग गर्ने क्रममा नै आफूले कस्तो पानी प्रयोग गरिरहेको छु भन्नेमा विशेष सचेतना अपनाउन सकेको खण्डमा मानवीय शरीरमा उत्पन्न हुने करिब आधा समस्याहरु स्वतः कम गर्न सकिन्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: