हिम रश्मीका विद्यार्थीको क्षमता विकासले हामी समेत उत्साहित छाैं : स्रोत व्यक्ति पौडेल



हिम रश्मी स्कुलले आज विविध सांस्कृतिक कार्यक्रम सहित अभिभावक दिवस सम्पन्न गरेको छ । नेपालमा निजी शैक्षिक संस्थाको रुपमा सञ्चालनमा रहेको यस विद्यालयले शिक्षको दायरा विस्तार गर्ने कार्यमा विशेष योगदान पु¥याउँदै आएको छ । शिक्षाको गुणस्तरीयतामा विशेष केन्द्रित रहेको यस विद्यालयले निरन्तर रुपमा विद्यार्थीका बर्षभरीका प्रतिभाहरुलाई एकै ठाउँमा पस्कने मान्यता बमोजिम विद्यालय प्राङ्गणमा विशेष प्रदर्शनी समेत आयोजना गरेको थियो । साथै विद्यार्थीहरुको रचनाबाट तयार गरिएको स्मारिका समेत विद्यालयले विमोचन गरेको छ ।
र्कायक्रममा विभिन्न स्रोत व्यक्ति रामेश्वर पौडेल, विशेष अतिथि पदम बहादुर केसी, तारकेश्वर नगरपालिकामा नगरप्रमुख रामेश्वर वोहोरा, प्याब्सन काठमाडौंका सहसचिव भक्त कुमार श्रेष्ठ लगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।


जस मध्ये ज्ञानमन्दिर स्कुलका प्रिन्सिपल रविन बस्नेत, चिल्डे«न हेराल्ड एकेडेमीका प्रिन्सिपल कमल ज्ञवाली, गिनिज स्कुलका प्रिन्सिपल रामकृष्ण अधिकारी, साङ्ला बालकुमारी स्कुलका इन्चार्ज मोहन दाहाल लगायत थुप्रै व्यक्तिहरु उपस्थित रहनुरहेको थियो । यसको अलावा सामाजिक राजनीतिक, व्यावसायिक, कलामनोरञ्जन लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु समेत कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको स्वागत नृत्य कक्षा १० का विद्यार्थीहरुबाट प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका स्रोत व्यक्ति रामेश्वर पौडेलले विद्यालयले नेपाल सरकार अन्तरगतका सबै मापदण्ड कायम राख्दै निरन्तर रुपमा शिक्षा प्रदान गर्ने योजना बमोजिम अघी बढ्नेमा कटिवद्ध रहेकोमा विशेष प्रशंसा गर्नुभएको छ । साथै हिमरश्मी स्कुलले आफूहरुले निर्देशन गर्दै आएका हरेक कुराहरुलाई सहजै स्वीकार्दै आएको बताउँदै विद्यालयको प्रगति र गुणस्तरीयता कायम राख्नको निम्ति विद्यालयले गर्दै आएको पहल प्रति समेत विशेष आभार प्रकट गर्नुभएको छ ।

अभिभावकज्यूहरु ढुक्क हुनुस् : स्रोत व्यक्ति पौडेल
विद्यार्थीको क्षमता विद्यालय प्राङ्गणको प्रदर्शनीमा समेत झल्कने भन्दै ऊहाँले भन्नुभयो, ‘विद्यालयको प्रगति र गुणस्तरीयता प्रतिको प्रतिवद्धताले हामीलाई पनि छोएको छ । विद्यालयले आयोजना गरेको प्रदर्शनीमा नै विद्यार्थीको चमत्कारमय क्षमता झल्किएको छ । यसले हामीलाई समेत हौसला मिलेको छ ।’
अभिभावकहरुलाई विद्यालय र विद्यालयको वातावरण प्रति ढुक्क हुन आग्रह गर्दै ऊहाँले थप्नुभयो, ‘अभिभावकज्यूहरु, तपाईंहरुले छोराछोरीमा गरेको लगानीबाट नै उनीहरु प्रगतिपथमा अघी बढिरहेका छन् । उनीहरुकोे चमत्कारमय प्रगति र कला क्षमताको विकासले चामत्कारिक भविष्यलाई इंगित गरेको छ । तपाईंहरु ढुक्क हुनुस्, तपाईंहरुले छोराछोरीमा गरेको लगानीको उच्च प्रतिफल विद्यालयले दिलाएरै छोड्नेछ ।’
राष्ट्रिय चाडकै रुपमा रहेको प्रजातन्त्र दिवसको दिन विद्यालयले यस किसिमको कार्यक्रम आयोजना गर्नु र आफूलाई मन्तव्यको निम्ति अवसर मिल्नु गज्जबको संयोग भएको भन्दै ऊहाँले विद्यालय व्यवस्थापन पक्षलाई आभार समेत प्रकट गर्नुभएको छ । आफ्नो प्रस्तुतीको अन्त्यमा पौडेलले ‘हिमरश्मी तिमी यही बाबुनानीको छातीछातीमा भुलिरहु’ भन्दै विदा हुनुभएको थियो ।

 

विविध अतिरिक्त गतिविधिमा केन्द्रित छौं : शिक्षक अमगाईं
साथै विद्यालयका नेपाली शिक्षक केशरी अमगाईंले कार्यक्रमको स्वागत मन्तव्यमा बोल्दै विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आएको कुरामा प्रकाश पार्नुभएको थियो । १७ बर्षको इतिहास बोकेको उक्त विद्यालयले व्रिटिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल भएको प्रति आफूहरु गौरवान्वित रहेको र विद्यालयको परिश्रमको मूल्यांकन भएको प्रति सङ्केत गर्दै विद्यालयको जिम्मेवारी थपिएको समेत बताउनुभएको छ ।
विद्यालयले विद्यार्थीहरुलाई नियमित शैक्षिक क्रियाकलापहरुमा मात्र सीमित नराखी अतिरिक्त शैक्षिक क्रियाकलापहरुमा समेत निरन्तर रुपमा संलग्न गराउँदै आएको कुरामा उहाँको विशेष जोड थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: