हात्तीकाे आक्रमणबाट दुई महिलाको ज्यान गयाे


सप्तरीकाे कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमणमा परी दुई जना महिलाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षतर्फ घाँस, दाउरा लिन जाँदै गर्दा उनीहरुलाई मंगलबार दिउँसो हात्तीले आक्रमण गरेको हो ।

आक्रमणबाट कञ्चनरुप नगरपालिका ५ की ३५ वर्षीया मञ्जु साह र सोही ठाउँकी ४५ वर्षीया दुर्गीदेवी मुखियाको मृत्यु भएको स्थानीयले बताएका छन् । उनीहरुसँग जंगल जाँदै गरेकी बुधनी देवी सदा भने ज्यान जोगाएर भाग्न सफल भएकी छन् ।

कोशी टप्पुतर्फ जाँदै गर्दा हात्तीले उनीहरुमाथि आक्रमण गरेको स्थानीयहरुले बताएका छन् । पछिल्लो समयमा सप्तरीको पूर्वी भेगमा हात्ती आतंक बढेको छ ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: