डडेल्धुराको एनसेल टावरमा आगलागी


डडेल्धुरा । जिल्लाकाे आलिताल गाउँपालिका–२, काफलीमा रहेको एनसेल टावरमा आगलागी भएको छ। गएराति सवा ९ बजेको समयमा टावरमा आगो लागेको हो ।

आगलागीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक (इनिस्पेक्टर) खगेन्द्र साउदले जानकारी दिए ।

उनका अनुसार, टावरमा आगजनी कसले गर्यो भन्ने खुलेको छैन । ‘टावरमा कार्मचारी कोही पनि नभएको समयमा आगो लागेको छ,’ उनले भने, ‘टावर हेर्ने चौकीदार पनि ५ बजे नै घर गएको रहेछ । कसले आगो लगाएको हो भन्ने खुलेको छैन्।’

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: