आगलागीबाट पाँच लाखको क्षति


सोलुखुम्बु – महाकुलुङ गाउँपालिका–२, छेस्कामको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।

सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

मिलन राईको घरमा काम गरिखाने स्मृति कुलुङले घर नजिकै बारीमा झ्यास पोल्ने क्रममा घर नजिकै रहेको परालमा आगो सल्किँदा घरमा आगलागी भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

घरधनी मिलन राई काठमाडौं बस्दै आएका र स्थानीय सञ्जय कुलुङलाई घरको समेत रेखदेख गरी बस्न दिइएको प्रहरीको भनाइ छ । स्मृति सञ्जय कुलुङकी श्रीमती हुन् ।

घरमा भएको काठपात सबै जलेर नष्ट भएको छ भने घरधनी बाहिर बस्ने भएकाले बहुमूल्य वस्तु नरहेको बताइएको छ । आगो सोमबारै नियन्त्रणमा आएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: