मेची पुलको निर्माणकार्य अन्तिम चरणमा


नेपालको पुर्वी नाका अन्तरगत झापा स्थित भद्रपुर नगरपालिकामा मेची पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म पुलको ९५% काम सम्पन्न भएको छ । हाल पुलमा ढलानको कार्य लगभग सकिएको स्रोतको दाबी छ ।
यो अायोजना हुलाकी राजमार्ग अन्तरगत पर्ने पहिलो खम्बा र अार्थिक हिसाबले अत्यन्तै महत्त्वका साथ हेरिएको प्रमुख नाका पनि हो ।
यहाँबाट भारतको विहारमा सोझै पहुँच पुग्ने र यहाँ बाट बङ्लादेश जम्मा १७ किलोमिटर भएको हुदा व्यापार धेरै राहत हुने स्थानीय वासिन्दाको दावी छ ।
याे पुल पटकपटकको बिबाद पछि हाल सम्पन्न हुने लगभग अन्तिम चरणमा छ ।
पुल निर्माण सम्पन्न भइसकेपछि राजश्वमा पनि उल्लेख्य वृद्धि हुने बताउँछन् भद्रपुर छोटि भन्सारका प्रमुख ।
यो पुल निर्माण संगै पुर्वको मुहार नै फेरिने बताउँछन् स्थानीय बासिन्दा ।
अब पुल बाहेकको अन्य ठाउँमा मुअब्जा दिने कार्य भैराखेको छ अबको १ वर्षमा अावतजावत हुनेमा अाफूहरू ढुक्क रहेको स्थानीय उद्योगी व्यवसायीहरू बताउँछन् ।

 

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: