भानु बोखिमको कथा सङ्ग्रहमा रूमानी साँझ भोलिबाट बजारमा


दीपक घिमिरे l काठमाण्डौं भानु बोखिमको कथासङ्ग्रह रूमानी साँझ भोलि एक कार्यक्रमबीच लोकार्पण हुने भएको छ । भोलि दिउँसो काठमाण्डौको मण्डला नाटकघर अनामनगरमा १ बजे कार्यक्रमको आयोजना गर्दै सो कथासङ्ग्रह लोकार्पण हुन लागेको हो । कार्यक्रममा डा. नवराज लम्साल वक्ता रहनेछन् । कथासङ्ग्रह भोलिबाटै बजारमा प्राप्त गर्न सकिनेछ । उनको यस कथासङ्ग्रहभित्रका कथाहरूमा लेखनशैली र विषयवस्तुका हिसाबले बिबिधता पाइन्छ।

सांसारिक द्वन्द्व, विकटताको नियति, जीवनका उल्झनहरू र सामाजिक संस्कारको पर्खालमा कैद विवश र निर्दोष मायालुका कथाहरू सङ्ग्रहमा समेटिएका छन् । यद्यपि पुस्तकले पाठकहरूको मन कतिको जित्ने हो त्यो भने पुस्तक लोकार्पण पछिका दिनहरूमा हेर्न बाँकी नै छ । पुस्तक शाब्दिक बुक्सले बजारमा ल्याएको हो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: