क्युएस रेमिट र हिमाल रेमिट बीच सम्झौता


हिमालयन बैंक लिमिटेड र एनएनपी कोरिया कम्पनी लिमिटेड -क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै रेमिट्यान्स कारोबारसमेत सुरु भएको छ ।

दक्षिण कोरियाको दोङ्देमुनस्थित एनएनपी कोरिया कम्पनी लिमिटेड -क्युएस रेमिट)को केन्दि्रय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले रेमिट्यान्स कारोबारको उद्घाटन गरे ।

क्युएस रेमिट दक्षिण कोरियाका अध्यक्ष लि जोङ्ग टिइगले रेमिट्यान्स सेवाको यस्तो सहकार्यबाट दक्षिण कोरियामा कार्यरत् नेपालीहरूले सरल र सुरक्षित रेमिट्यान्स सेवाको उपभोग गर्न पाउने बताए ।

क्युएस रेमिट मार्फत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा आठ हजार पाँच सयभन्दा बढी हिमाल रेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

हिमालयन बैंक तथा एनएनपी कोरिया कम्पनी लिमिटेड -क्युएस रेमिट) बीचको यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत् करिब ४० हजार नेपालीहरूले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने विश्वास बैंकको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: