फेसियल हाउसले ल्यायो हवाई यात्रा सहित वाइल्ड लाइफ टुर प्रतियोगिता


 भ्यालेन्टाइन डे लाई स्पेशल बनाउन फेसियल हाउसले भ्यालेन्टाइन बेस्ट कपल प्रतियोगिता शुरु गरेकोछ ।
फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराका अनुसार यस योजनामा सहभागि हुन आफ्नो जोडीको फटो फेसियल हाउसको पेजमा पठाउनु पर्नेछ र जसको फोटोमा धेरै लाईक आउँछ त्यसलाई प्रथम , दोस्रो र तेस्रो विजेता घोषित गरिनेछ ।
भ्यालेन्टाइन बेस्ट कपल प्रतियोगितामा प्रथम हुने जोडीलाई हवाई टिकट सहित वाइल्ड लाइफ एडभेन्चर रिसोर्ट चितवनमा २ रात ३ दिनको भ्रमण प्याकेज र ह्वाईटेनिङ्ग फेसियल, स्टाइलिस हेयर कट निःशुल्क प्रदान गरिने जनाएको छ ।
त्यस्तै द्धितिय पुरस्कारमा हेयर कलर,केराटिन हेयर ट्रिटमेन्ट, ह्वाईटेनिङ्ग फेसियल र स्टाइलिस हेयर कट रहेकोछ भने तृतिय पुरस्कारमा केराटिन हेयर ट्रिटमेन्ट,म्यानिक्यूर, ह्वाईटेनिङ्ग फेसियल र स्टाइलिस हेयर कट प्रदान गरिने प्रतियोगिता फागुनको २८ गते सम्म चल्ने छ ।

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: