एनसेलकाे अफर


एनसेलले भ्यालेन्टाइन सिजनको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । एनसेलका ग्राहकहरुले सो सिजनमा आफ्ना  प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्ने जनाइएको छ । सो कम्पनीले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ ।  जुन योजनाले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने कम्पनीको दाबी छ ।   

असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर बिहिबारदेखि १५ दिनको लागि लागु हुने जनाइएको छ । यस अफरअन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहितमात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानिको मज्जा लिन सक्ने जनाइएको छ । कम्पनीका अनुसार ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: