ग्यास व्यवसायलार्इ व्यवस्थित र अात्मनिर्भर बनाएरै छाड्छाैं : महासचिव थापा


यही माघ २२ गते ग्यास विक्रेता महासंघका प्रतिनिधिहरुले ग्यास कारोबारकाे क्रममा कमिसन निकै कमी भएको र व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था  नै नभएको भन्दै माननीय अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

नेपालमा लगानीमैत्री वातावरणको कुरा चलिरहेको बेलामा ग्यास कारोबारमा संलग्न व्यक्तिहरु भने आफ्नो क्षेत्रबाट  धराशयी हुँदै जाने अवस्था अाएकाे प्रति दुःख प्रकट गर्दै यस्ताे अवस्था सृजना हुनु व्यावसायिक जगतमा सकारात्मक संकेत नभएको समेत उनीहरु बताउँछन् ।

व्यवस्थित बजार र आत्मनिर्भर कारोबारको लागि निकै लामो समय देखि आवाज उठाउँदै आएका ग्यास विक्रेताहरु अहिलेको अवस्थामा ५ बर्ष पहिलेको मुनाफामा काम गर्न सक्ने अवस्था नै नरहेको बताउँदै  न्यूनतम ५ प्रतिशत मुनाफा कायम हुनुपर्ने अडान राख्दै आएका छन् ।

अहिले विगतकाे तुलनामा बैंकको व्याज दर बढेकाे, लगानी अत्यधिक बढेकाे, कर्मचारीको तलब भत्ता समेत अत्यधिक बढेकाे र अन्य परिस्थिति समेत बदलिएकाे अवस्थामा  प्रति सिलिण्डर मुनाफा स्वरूप प्राप्त हुने ३२ रुपियाँ मध्ये ४ रुपियाँ सरकारलाई नै व्यावसायिक कर बापत अाफू्हरूले बुझाइरहेकाे र बाँकी रहने २८ रुपियाँले आफूहरु चल्न सक्ने अवस्था नै नरहेको भन्दै ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले गुनासाे प्रकट गरेका  छन् । साथै यस्तै अवस्था रहिरहे २ अाेटा विकल्प मध्ये एउटा विकल्पमा जानुपर्ने उनले बताए । थापाले कुराकानीकाे क्रममा बताएका विकल्प मध्ये एउटा व्यवसायबाट नै बाहिरिनुपर्ने हाे भने अर्काे भनेकाे आन्दोलन नै गरेर भएपनि अाफ्नाे अधिकार सुनिश्चित गर्ने कार्यमा लाग्नु हाे । पहिलाे विकल्प भन्दा पनि अाफूहरू बाध्यतावश दाेस्राे विकल्पमा जानुपर्ने अवस्था रहेकाे प्रति समेत उनले सङ्केत गरेका छन् ।

आफूहरु लामो समय देखि आफ्नो व्यवसाय सम्बन्धमा भएका समस्याहरु बारे राज्यका निकायहरुलाई ध्यानाकर्षण गराउँदै अाएकाे र छलफलकै माध्यमबाटै समस्याको समाधान निकाल्नुपर्ने पक्षमा रहँदै आएको भएपनि राज्य पक्ष आफ्ना समस्या समाधानमा दृढ नदेखिएको कारण आन्दोलनलार्इ अाफूहरूले अन्तिम अस्त्रकाे रूपमा प्रयाेग गर्नुपरेकाे थापाले बताएका छन् ।
महासचिव थापाले आफूहरुको नेतृत्वमा रहेको महासंघबाट ग्यास कारोबारलाई व्यवस्थित र आत्मनिर्भर बनाएरै छोड्ने  बताउँदै सबैलार्इ ढुक्क रहन समेत अाग्रह गरेकाछन् । यद्यपि अाफूहरूकाे यस अभियानमा एेक्यवद्दता जनाउन र साथ दिन सबै ग्यास व्यवसायीहरूलार्इ थापाले अनुराेध समेत गरेका छन् ।

 

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: