सुमार्गीको पैसा नरोक्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं– व्यापारी अजेयराज सुमार्गीको विदेशबाट ल्याउन लागेको ४ अर्ब रुपैयाँ रोक्ने राष्ट्र बैकको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनु भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो ।  सर्वोच्चमा मंगलबार दुवै पक्षका वकिलहरुले गरेको बहसपछि यस्तो फैसला आएको हो । फैसलामा बैदेशिक लगानीका लागि आउने रकम रोकिरहन उपयुक्त नभएको भनिएको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, 
विना आधार र कारण खाताको भुक्तानी प्रक्रिया र कारोबारमा अवरोध गर्ने तथा नियमित हुनुपर्ने भुक्तानीमा अविश्वास र अनिश्चिय खडा गर्ने कार्य निवेदकको साम्पत्तिक हकको ठाडै प्रतिकुल छ । कुनै प्रक्रियागत आवश्यकताको नाममा कुनै पनि मनासिव माफिकको समयसम्म होल्ड गर्न सक्ने हो । अनन्त कालसम्म कदापि होइन । 

त्यस्तै आदेशमा कर्जा सम्झाैता भइ आफ्नो खातामा रकम आएपछि भुक्तानी पाउने निवेदकको वैध अपेक्ष हुने बताउँदै आदेशमा उद्योगलाई कर्जा उपभोग गर्न दिन्न भन्न कुनै कानुनले प्रत्यार्थीहरुलाई अख्तियारी दिन नमिल्ने पनि उल्लेछ ।
विदेशी लगानीलाई अवरोध र दुरुत्साहन गर्ने प्रवत्ति रहेको बताउँदै सवोच्चले सुमार्गीको सम्पति यसरी अनिश्चित र अनन्तकालसम्म होल्ड गर्ने र उपभोग गर्नमा अवरोध गरिरहने कार्य विधिको शासन, विदेशी लगानी सम्बन्धि ऐन कानुनको उद्देश्य र मर्म विपरित भै अनुचित, अन्यायपूर्ण र वेमुनासिव रहेको पनि उल्लेख गरेको छ ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: