संगठनको विधि पद्धति र मुल्य मान्यतामा भन्दा पनि गुटबन्दीमा रमाउदै ने बि संघको नेतृत्व


नेपाल विद्यार्थी संघ एक ऐतिहासिक संगठन र एक अनवरत संघर्षिल संस्था हो । नेपाल विद्यार्थी संघको इतिहास आन्दोलन र क्रान्तिको पृष्ठभुमिमा रहि शाहिदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवं सचेत विद्यार्थीहरुको नवीन मार्गको रूपमा जेलभित्र कमल र मशाल अङ्कित झण्डा निर्माण गरि स्वायम्भुको सत्तलमा जन्मिएको कुरा सर्वबित नै छन् । नेपाल विद्यार्थी संघ निरंकुश, अधिनायकवादी र सामन्तीहरुको विरुद्धमा अनवरत संघर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनिती, अर्थिक, शैक्षिक एवं समान्त मुलक राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र गरि रहने प्रतिबद्धता अनुरुप जन्मिएको संस्था नै नेपाल विद्यार्थी संघ हो । नेपाल विद्यार्थी संघले हरेक आन्दोलनको अग्र मोर्चामा रहि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरंकुश, तानाशाही व्यवस्थाको विरुद्ध नेपाल विद्यार्थी संघका होनहार विद्यार्थी योद्धाहरुले ज्यानको बलिदान दिएको कुरा इतिहासमा प्रष्ट छन् । नेपाल विद्यार्थी संघको कलम र मशाल अंकित झण्डा मुनि गोलबद्ध रहेका वीर शाहिदहरु कामेश्वार, कुलेश्वास राम,लक्ष्मण,लिला,ठगीराज, श्यामसुन्दर,भरत,खगेन्द्र, रजन गिरि आदि लगायत सयौं शाहिदहरुले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको लागि ज्यानको बलिदान दिएको इतिहास हामी माझ छर्लङ्ग छ । नेपाल विद्यार्थी संघको इतिहासको बिषयमा ब्याख्या र विश्लेषण गर्न खोजिएको भन्दा पनि हालको गतिविधि र यथार्थलाई मध्यनजर गरी नियाल्ने प्रयत्न मात्रै गरेको छु । नेपाल विद्यार्थी संघ कुनै व्यक्तिलाई नेतृत्वमा स्थापित गराउने र व्यक्तिगत स्वार्थ पूरा गराउन गुट र उपगुटको लागि जन्मिएको संस्था होईन, नेपाल विद्यार्थी संघ इतिहासको हरेक कालखण्डमा परिवर्तनको लागि संघर्ष गरिएको ऐतिहासिक उपलब्धिहरुको संस्थागत बिकास गराउने र राजनितीक, शैक्षिक, अर्थिक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विविध विषयहरुको असमानता र असन्तुलनलाई समान र सन्तुलन रहन प्रेरित गराउन र नागरिक अधिकारको सुनिश्चित गराउनको लागि जन्मिएको संस्था हो । नेपाल विद्यार्थी संघको छुट्टै विशेष इतिहास रहेकोले इतिहासको हरेक मोडमा नयाँ ढंगले परिवर्तन र क्रान्तिकारी भुमिका रहन नयाँ नेतृत्वको बिकास गराउने एक लोकतान्त्रिक नर्सरी पनि हुन । जहाँ नेपाल विद्यार्थी संघ, त्यहाँ शान्ती, समृद्धि र गतिशील एवं परिवर्तनकारीहरुको बैचारिक बहस र नेतृत्व बिकासको स्थपित गराउने संगगठन हो । नेपाल विद्यार्थी संघले बिगतका दिनहरुमा राजनितीक, शैक्षिक, अर्थिक तथा सामाजिक क्रान्तिको साथै विद्यार्थीहरुको हक हित एवं अधिकारको सुनिश्चितताको लागि अमुल परिवर्तनको नेतृत्व नेपाल विद्यार्थी संघले गरि आएको छ । जहाँ विद्यालय तथा बिश्वबिद्धालय, त्यहाँ नेविसंघ र नेविसंघको क्रान्तिकारीता भन्ने इतिहास हरेक शैक्षिक स्थालहरुमा हिंसा रहित परिवर्तनको बिकास गरिएको छ ।

नेपाल विद्यार्थी संघ बिगतको क्रान्तिकारीता परिवर्तनलाई कतै इतिहासको पानामा मात्रै सिमित रहने त होइनन् भन्न सकिने अवस्थाको गतिमा हालको नेतृत्वहरु चुक्न खोज्दैछन् । अहिले शैक्षिक राजनितीक तथा अर्थिक क्रान्तिको लागि नेतृत्व भुमिका रहनुको सट्टा शाहिदको अवमूल्यन र अपमान हुन सक्ने गतिविधिमा तीब्र प्रतिस्पर्धा गरि गुटबन्दी मात्रै नभई गिरोहहरुको मोर्चा संचलान गरिरहेको छ । करिब एक दशक देखि नेतृत्व चयन गर्न नसक्ने बिबाद रहेको स्थानमा विधि बिद्यान अनुरुप लोकतान्त्रिक पद्धतिको मुल्य मान्यता अनुसार लोकतान्त्रिक निर्वाचन मार्फत अधिबेशन सकिरहेको छैन । नेपाल विद्यार्थी संघले संघीय संरचना अनुसार शैक्षिक गतिविधि, निजि र सरकारी विद्यालय वीचको आसमान शैक्षिक नीति, सरकारी विद्यालय तथा विश्वविद्यालयमा रहेको असफल शिक्षा प्रणाली र व्यवस्थापन, निजि विद्यालयको चर्को शुल्क, सरकारी विद्यालयका शिक्षक एवं शिक्षिकाको लापरबाही गतिविधि एवं राजनितीकरणको कमजोरीले खस्केको शिक्षा, सरकारी अस्पताल र सरकारी विद्यालयको सेवाप्रति जनविश्वासको कमि, हरेक क्षेत्रमा बढ्दो महँगी, कालोबजारी र भ्रष्टाचार, सरकारी कार्यको सुस्तता आदि जस्ता विषय माथी बैचारिक बहस र संगठनको दृष्टिकोण सहितको सशक्त अभियानको सट्टा गुटबन्दीमा परिणत गर्दै विभिन्न समुहमा रहि एकापसमा व्यक्तिगत दुस्साहस राखी नेतृत्वकर्ता नै बिचलित र गतिहिन अवस्थामा पुर्‍याउन खोज्दैछन् । नेपाल विद्यार्थी संघको स्पष्ट दृष्टिकोण सहित एक सशक्त आन्दोलनको स्वरुप लिनुको सट्टा कुनै कार्यक्रममा अतिथिको माला लगाउने, भाषाण गर्ने र आरोपप्रत्यारोप लगाउने बाहेक वर्तमान नेतृत्वको गतिविधि रहेको देखिदैन । एक खाले गुट बिधि पद्धति अनुसार छलफल संवाद नगरी एकासी अधिबेशनको माग गर्दै सडक आन्दोलन, अर्को गुट संगठन शुद्धीकरण तथा प्रशिक्षणको अभियान भनी आफ्नो गुटको मात्रै देख्ने दृष्टिहिन नेता बोकी देश दौडमा लागिरहेका छन् र एकखाले हामी निर्वाचित नेतृत्व हौं हाम्रो कार्यकाल हामीले चाहिएको बेलासम्म टेक्न सकिन्छ पार्टीको नेतृत्व पनि हाम्रै गुटका रहेकोले हाम्रो विकल्प खोज्दैन भन्ने घमण्डी राखि नेताहरूको घरघरमा चाकरी गराउन पनि पछि नपर्ने प्रवृत्ति कुनै विद्यान संबद्ध चाहिँ होइन । वर्तमान नेतृत्वमा रहेका क्रान्तिकारी ठान्ने नेतृत्व वर्गले समयमा अधिबेशन, संघीय ढाचाको आधारमा संगठन बिस्तार, हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगायत जिम्मेवार निर्वाह गराउनु सबै तहको दायित्व हुन तर एक अर्कामा असफल भनी आरोप लगाउने र आफू चोख्याउने दुस्साहस लिने असफल नेतृत्वहरु एक औचित्यहिन गतिविधिले कसैको हित नहुने देख्दा देख्दै पनि अरुलाई असफल बनाउदा आफू र आफ्नो गुट सफल हुने मुर्खता र दिवा सपना बोक्ने मनसिकताले आम मनोवृत्तिमा मनसिक रोग फैलिन्छ भने मनोदशा जब त्याग्न सक्दैन तबसम्म संगठनले न गति लिन सकिन्छ न संगठन बलियो बनाउन सकिन्छ । संगठनभित्र विधि विधान पनि राम्रोसँग अध्ययन नगरी आफू बलियो बन्न अध्यक्षको जिम्मेवार महामन्त्री र उपाध्यक्ष र सदस्यको जिम्मेवार र कार्य क्षेत्र पनि बुझ्न नसकिने नैतिक बिहिनहरुले कसरी संगठनलाई संस्थागत गर्न सकिन्छ ? हरेक संगठनको विधि सम्बद्ध कार्यबिधि चालेको हुन्छ तर हरेक कार्यमा बिबाद सृजना गरि कुनै गिरोहको मात्रै नेतृत्व लिन खोज्ने जुन दुस्साहस लिएको छ त्यसले कसैको हित र फाइदाजनक हुन सक्दैन । असारमा आँखा फुटेको गोरु जहिले हरियो देख्ने भने जस्तै नेतृत्वमा पुगेर पनि जहिले गुटका कार्याकर्ता मात्रै असल देख्ने दृष्टिहिन प्रवृत्ति जबसम्म रहन्छ तबसम्म संगठनको अवस्थामा गतिहीन रहिरहन्छ ।

यदि संगठनको विधि पद्धति र मुल्य मान्यतामा रहि संचलन भएको भए स्थानीय निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेपाल विद्यार्थी संघको भुमिका उपस्थित र अभियानले निर्वाचनको माहोल कति परिवर्तन गर्न सकिन्थ्यो होला । हुन त नेपाल विद्यार्थी संघले औपचारिकताको लागि केन्द्रिय प्रतिनिधि नखटाएको पनि होइन तर प्रतिनिधिले औपचारिकता निम्त्याउने बाहेक अरु केही गरिएको जस्तो लाग्दैन र देख्दैन पनि । एउटा भनाइ “कुवाको भ्यागुतो समुन्द्रमा कहिल्यै पौडिन सक्दैन, उसलाई त्यो हिलो कुवा नै संसार ठानी पौडी रहेको हुन्छ” मैले भन्न खोजेको गुटबन्दीमा रमाउने नेतृत्व समग्र नेतृत्वको नेता बन्न सक्दैन किनकि उनीसँग नेतृत्व गर्न सक्ने क्षमता नै हुँदैन उसले आफ्नो गुट मात्रै सर्वश्रेष्ठ ठान्छ र देख्छन् पनि ! उनले आफू मात्रै सकिने काम गर्दैन बरु त्यहीँ संगठन पनि समाप्त गरेर छाडिदिन्छ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको नेतृत्व नै असफल र असक्षम तरिकाबाट जन्मिएको पनि कुनै दुबिधा त देखिदैन किन कि करिब २७०० जतिको प्रतिनिधिलाई भागबन्डा गर्दागर्दै करिब ४००० पुर्‍याउने दुस्साहस त्यहीँबाट सुरुवात गरेकै थिए । जिल्लामा कार्याकर्ताले हराएका प्रतिनिधि केन्द्रको भागबन्डा परि केन्द्रिय सदस्य निर्वाचित भएको पनि कमै छैन होलान् । त्यतिबेलाको प्रतिनिधि भागबन्डा गराउदा आफ्नो ड्राइभर, खालासी, भाइ बहिनी टक्कटुक्का पनि नपरेको होइन त्यहीँबाट छनोट हुने नेतृत्वले विवाद रहित सफल नेतृत्व जन्मिने अपेक्षा गर्नु कति मुर्खता र कसरी होइन भन्न सकिला ? हाल नेपाल विद्यार्थी संघमा देखिएको बिबाद बेमौसमको बाजा जस्तै हुन । भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको ठुलो हार बेहोर्नु परेको बेलामा भातृ संगठन बेला र कुबेलामा विवाद गरि बस्नु संगठनको नेत्रृृत्वहरुको औचित्य माथी प्रश्न उब्जाउनु हो । यो बेला ऐक्यबद्धता भैइ अगाडी बढ्नुको सट्टा आफै आफैंमा झगडा गर्नु झन् संगठनलाई कमजोर बनाउनु हो । अब सानातिना विवादलाई छोडि आगामी कार्यादिशा बनाएर अगाडी बढ्न सकिए मात्रै संगठनले गति लिन सकिन्छ र गतिशिलता हुनेछ ।

हाल नेपाल विद्यार्थी संघमा संगठनको हित र समग्र राजनिती बुझ्न खोज्ने समूह र गुट भन्दा पनि संगठनलाई ताहासनहास गराउने गिरोहहरुको समूहले भरिएको संजल जस्तो देखिन्छ । अब नेपाल विद्यार्थी संघको विधि पद्धति र मुल्य मान्यता रहेको भए अबधिभित्र विभिन्न तहको अधिवेशन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, शैक्षिक, अर्थिक, राजनितीक दृष्टिकोणसहितको स्पष्ट खाका लिएर लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन नेतृत्व तह नैतिक रुपमा जिम्मेवार भइ बिगतको कमिकमजोरी र गलत गन्तव्यलाई सच्याउन समय रहेकोले संस्थागत बिकास गराउन सकिएमा वर्तमान नेतृत्वको औचित्यपूर्ण रहने छ ।

  • सेतेमान तामाङ पुर्वअध्यक्ष नेविसंघ, धादिङ
Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: