अनलाइनमा अाधारित व्यवसाय मेट्राे तरकारीकाे सङ्घर्ष यात्रा


हेमन्ता बस्नेत, प्रबन्ध निर्देशक

५ बर्ष देखि नेपालमा सञ्चालनमा रहेको मेट्रो तरकारीले विगत २ बर्ष देखि उग्र तवरले आफ्नो बजार विस्तार गर्दै आएको छ । सन् २०१२ को डिसेम्बरबाट कारोबार शुरु गरेको यस कम्पनीले ५ औं बर्ष पूरा गरिसक्दा नेपालमा आफ्नो विशिष्ट पहिचान कायम गर्न सफल भएको छ ।

शुरुवातका दिनमा यो आइटि बेस्ड भई बिना लगानी नै आफ्ना कामहरु शुरु गरेको थियो । यद्यपि अहिले सम्म आइपुग्दा भने ललितपुरको कुमारीपाटी स्थित एउटा भवन नै भाडामा लिइएको छ ।
नेपालमा ५ बर्ष पहिले व्यवसाय शुरु गर्ने क्रममा यस टीम आफैंलाई नै अहिलेको अवस्थामा आउन सकिन्छ वा सकिँदैन भन्नेमा ढुक्क हुन सक्ने अवस्था नै नभएपनि अनलाईन टे«न्ड फस्टाउँदै गएको परिप्रेक्ष्यमा भविष्य राम्रै हुनेछ भन्ने मान्यताले केही जोखिम लिएर सम्भावित भावी बजारको आशामा कार्यहरु अघी बढाइएको थियो । व्यवस्थापन पक्ष आफ्ना गतिविधिहरुलाई निरन्तर रुपमा अघी बढेकै कारण अहिलेको अवस्थामा कम्पनी आउन सफल भएको मान्न सकिन्छ ।

नेपालमा अहिले पनि थुप्रै अनलाईन व्यवसायहरु छन् । तर ती सबैको अवस्था एउटै छैन । कतिपय दर्ता मात्र भएका छन् । कतिपयले ग्राहकहरुलाई स्तरीय सेवा दिन सकेका छैनन् । कतिपय अन्य आफ्नै समस्यामा छन् । कति अनलाइन व्यवसायहरु बन्द भइसके । यद्यपि मेट्रो तरकारी भने निरन्तर रुपमा आफ्नो यात्रालाई अघी बढाएको कारण अहिलेको अवस्थामा आउन सफल भएको छ ।
नेपालमा अनलाईनः

नेपालमा अहिले  www.metrotarkari.com नामक वेभसाइट तथा फेसबुक पेजलाई जनसम्पर्क तथा आफ्नो बारे जानकारी दिने मुख्य माध्यम बनाएको यस मेट्राे तरकारीले स्तरीय सेवा दिन सकेको कारण नै अहिलेको अवस्था कायम गर्न सफल भएको हो । हाल काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा विस्तार गरिरहेको छ मेट्रो तरकारी ।
टीम ः
यस कम्पनीमा अहिले २० जनाको टीम रहेको छ । यी जनशक्तिलाई विहानको सिफ्टमा बजारीकरण गर्ने, दिउँसोको सिफ्टमा बजारीकरण गर्ने, कार्यालय व्यवस्थापनमा खटिने जनशक्ति लगायतको हिसाबले काममा खटाइएको छ । बिना लगानी पनि टीमबेस्डमा काम गरिएको कारण नै आफ्नो व्यवसाय सफल भएको अनुभव सुनाउँछिन् मेट्रो तरकारी प्रा.लि.की प्रबन्ध निर्देशक हेमन्ता बस्नेत ।

शुरुका दिनमा ताजा तरकारी उपभोक्ताको घरमा कसरी पुर्याउने भन्ने मान्यताले शुरु भएको यस मेट्रो तरकारीले हाल भने ग्रोसरी आइटम, बेकरी, चामल, नुन, तेल, मसाला लगायतका वस्तुहरु बजारीकरण गर्दै आएको छ ।


व्यस्त जीवनशैलीमा रमाइरहेका व्यक्तिहरु नै अधिकांश आफ्ना मुख्य ग्राहक रहेको कम्पनीकी प्रबन्ध निर्देशक हेमन्ता बस्नेत बताउँछिन् । बिना समस्या आफूहरुले ग्राहकलाई बजार मूल्यमा नै घरमा नै यस्ता सामानहरु डेलिभरी गरिदिने र लामो समय देखि बजारमा विश्वसनीय सेवा दिइरहेको कारण आफूहरुको विश्वसनियता समेत बढेको कारण काम गर्न सहज भएको समेत बस्नेतले सेतोघर डट कम सँगको कुराकानीको क्रममा बताएकी छिन् ।

कसरी अर्डर गर्ने ?
नेपालमा अर्डर अनलाइन नै गर्न सकिने भएपनि भुक्तानी भने सामान पु¥याउने समयमा नै लिनुपर्ने अवस्था छ । नेपालका होटल, रेष्टुरेन्ट, होटल व्यवस्थापन अध्ययन गराउने कलेज लगायतमा समेत अर्डर बमोजिम डेलिभरी कार्य मेट्रो तरकारी टीमले गरिदिँदै आएको छ । विदेशबाट समेत पेपल अकाउन्टबाट भुक्तानी गरी सामान अर्डर गर्न सकिन्छ । नेपालमा फेसबुकमा राखिएको भाइवर तथा कार्यालयको नम्बरमा सम्पर्क गरेर सामान अर्डर गर्न सकिन्छ ।

कारोबार ः
शुरुका दिनमा बिना लगानी शुरु भएको यस मेट्रो तरकारीले अहिले भने मासिक २५ देखि ३० लाख सम्मको कारोबार गर्दै आएको छ । सामान बमोजिम २० देखि २५ प्रतिशत मार्जिनमा तरकारी बिक्री हुँदै आएको छ ।

अनिल बस्नेत, सिइअाे

सामान प्राप्त गर्न लाग्ने समय ः
नजिकका ग्राहकहरुलाई २ घण्टामा सामान पु¥याउने यस कम्पनीले अहिले टाढाको दूरीमा भने ३ देखि ४ घण्टामा सामान उपलब्ध गराउने काम गर्छ ।
तरकारीको स्रोत ः
विभिन्न जिल्लाका किसानहरुबाट समेत तरकारी ल्याएर विक्री गर्ने यस कम्पनीले बल्खु तथा कालिमाटी बजारबाट समेत तरकारी ल्याउने काम गर्छ ।

कम्पनीको व्यवस्थापन पक्ष ः
हाल नेपालमा अनिल बस्नेत कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ भने हेमन्ता बस्नेत प्रबन्ध निर्देशक हुनुहुन्छ । इश्वर आचार्य र हम्बल शाही ठकुरी अमेरिकामा रही सहयोग गर्दै आउनुभएको छ । नितिन शर्माको समेत यसै कम्पनीमा आवद्धता रहेको छ । ४ जनाको लगानीमा प्रविधि क्षेत्रका व्यक्तिहरु समेतको संलग्नतामा यो कम्पनीले काम अघी बढाएको हो ।

आगामी योजना ः

अबको ५ बर्षको अवधिमा कम्पनीलाई पब्लिक कम्पनीको रुपमा लैजाने योजनामा छ कम्पनी । हाल मासिक कारोबार ३० लाख हुने गरेकोमा अब ५ बर्षमा मासिक कारोबार ८० लाख पु¥याउने योजनामा छ कम्पनी ।

नेपालमा आइटी वेस्ड धेरै कामहरु गर्न सकिने अवस्था रहेको तर नेपालमा आफैंले के गर्ने भन्ने सम्बन्धमा धेरैलाई जानकारी हुन नसकेको अवस्था पनि छ । यद्यपि फरक सोच र योजना बमोजिम काम गर्न चाहने व्यक्तिहरुले मेट्रो तरकारीबाट नै सिक्न सक्छन् कि नेपालमा प्रयाप्त अवसरहरु छन् ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: