हुम्लामा अहिले सम्मकै ठूलाे र स्तरीय हाेटल बैशाखबाट सञ्चालनमा अाउने

  • इमर्जिङ नेपाल र स्थानीयको लगानीमा बन्दै गरेकाे होटल एलिस निर्माणको अन्तिम चरणमा

  • सुवर्ण पौडेल, सञ्चालक समिति सदस्य, होटल एलिस द वन्डर इन

    हुम्लाको सिमिकोट स्थित सुविधा सम्पन्न पर्यटक स्तरीय एलिस होटल सञ्चालनमा आउने भएको छ । सिमिकोट एयरपोर्ट नजिकै रहेको उक्त होटल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको छ । होटल बैशाखबाट सञ्चालनमा आउने होटल एलिसका सञ्चालक सुवर्ण पौडेलले बताउनुभएको छ ।
    ४२ कोठा रहने गरी निर्माण भइरहेको उक्त होटलमा इमर्जिङ नेपाल लिमिटेडको लगानी रहेको छ । ८ करोड लगानीमा स्थापना हुने उक्त होटल निर्माण पश्चात् ठूलो परिमाणमा भारतीय धार्मिक पर्यटकहरु भित्र्याउन सहयोग पुग्नेछ । यसको अलावा होटलमा एनजिओ तथा आइएनजिओका प्रतिनिधिहरु तथा आन्तरिक पर्यटकहरु पनि रहनेछन् ।

    होटल सञ्चालनको उद्धेश्य ः
    मानसरोवर क्षेत्रमा जाने धार्मिक पर्यटकहरुलाई लक्षित गरेर स्थापना गर्न लागिएको उक्त होटल निर्माण पश्चात् स्थानीय व्यक्तिहरुको आयस्तरमा निकै नै वृद्धि हुने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा नै निकै ठूलो मात्रामा रोजगारी सृजना हुने, स्थानीय उत्पादनहरुले बजार पाउने, स्थानीय रीतिरिवाज र संस्कृतिको आदानप्रदान हुने लगायतका हिसाबले समेत होटल निर्माणले निकै महत्वपूर्ण भूमीका निर्वाह गर्ने देखिएको छ ।
    यसैकारण आर्थिक समृद्धिको हिसाबले पछि रहेको हुम्ला क्षेत्रको विकासको लागि उक्त होटलले निकै महत्वपूर्ण भूमीका निर्वाह गर्ने देखिएको छ ।
    पछिल्लो समय नेपालमा धार्मिक पर्यटन फस्टाउँदै गएको परिप्रेक्ष्यमा उक्त होटलको स्थापना सँगै नेपालको पश्चिम क्षेत्रको धार्मिक तथा आन्तरिक पर्यटन फस्टाउनको निम्ति निकै महत्वपूर्ण सहयोग पुग्ने लक्ष्य लिइएको छ । होटललाई बहुउपयोगी बनाउने योजना बमोजिम रारा ताल जान इच्छुक पर्यटकहरुलाई अनिवार्य रुपमा हुम्ला पुग्नुपर्ने किसिमले प्याकेज निर्माण गर्नुपर्ने आवश्यकता समेत देखिएको छ ।

    कसरी पुग्न सकिन्छ हुम्ला ? कति लाग्छ खर्च ?
    काठमाडौंबाट नेपालगञ्ज सम्म सडक यातायात हुँदै जान सकिन्छ । जुन खासै खर्चिलो छैन । तर नेपालगञ्जबाट हुम्ला जानको निम्ति भने हवाई यातायात नै उपयुक्त विकल्पको रुपमा रहेको छ । नेपालगन्जबाट हुम्ला सम्मको हवाई भाडा १० हजार लिने गरिन्छ भने हुम्लाबाट फर्कंदा ५ हजार ५ सयको हवाई टिकट उपलब्ध छ ।

    हुम्लामा पर्यटन सम्भावना ः
    हुम्लामा धार्मिक पर्यटन फस्टाउनको निम्ति निकै राम्रो सम्भावना छ । लिभि भ्याली, चाङ्ला हिमाल लगायतका क्षेत्रहरु रहेको मुस्ताङ जैविक विविधताले समेत सम्पन्न क्षेत्र हो । तर मुस्ताङको लोमानथाङ भन्दा पहिले पत्ता लागेका हुम्लाका पर्यटकीय क्षेत्रहरु समेत प्रयाप्त प्रचारप्रसारको अभावमा बाहिर आउन सकेका छैनन् । आगामी दिनमा भने यस क्षेत्रको पर्यटन प्रवद्र्धनको निम्ति होटल एलिसले विशेष सहयोग पुग्नेछ ।

    हुम्लामा किन बढ्दैछ पर्यटकीय सम्भावना ?
    नेपालमा भूकम्प आउनु भन्दा पहिले कैलास तथा मानसरोवर जाने पर्यटकहरु तातोपानी नाका हुँदै जाने गरेकोमा भूकम्प पश्चात् भने अहिले सम्म तातोपानी नाका बन्द छ । यसकारण पर्यटकहरु वैकल्पिक बाटोको रुपमा हुम्लाको सिमिकोट हुँदै अहिले धार्मिक क्षेत्र कैलास मानसरोवरमा जाने क्रम बढेको छ । यसैकारण अहिले हुम्लामा पर्यटकहरुको आगमन बढ्दो छ ।

    मानसरोवरको महत्व ः
    मानसरोवर क्षेत्र कैलाश पर्वतको कारण विशेष चर्चामा छ । भगवान शिवको बासस्थानको कारण कैलाश क्षेत्रलाई विशेष महत्वको साथ हेर्ने गरिन्छ । ६ हजार ६ सय ३८ मिटर उचाईमा रहेको मानसरोवरमा पर्ने कैलाशमा अहिले सम्म कोही व्यक्ति पनि नपुगेको कारण त्यस क्षेत्रलाई विशेष चासोको साथ हेर्ने गरिएको छ । कैलाश पर्वतको छेउमा २ ओटा तालहरु मानसरोवर ताल र राक्षस ताल रहेको होटलका लगानीकर्ता तथा स्थानीय बासिन्दा याङछिरिङ लामाले बताउनुभयो ।

    होटलको लगानी ः
    – ८ करोड रकम लगानीमा स्थापना हुन लागेको उक्त होटलको निम्ति ६० प्रतिशत लगानी इमर्जिङ नेपाल लिमिटेडको रहनेछ भने ४० प्रतिशत स्थानीयहरुको लगानी रहनेछ ।

    -हाल होटलको ६० प्रतिशत काम सकिइसकेको छ । उक्त होटल बैशाखको अन्तिमबाट सञ्चालनमा आउने योजना छ ।

    – २ हजार ९ सय ४६ मिटरको उचाईमा रहेको उक्त होटल हुम्ला सिमिकोट एयरपोर्टको नजिकै छ । उक्त होटल रहेको क्षेत्रबाट चारै तिर हिमालहरु देख्न सकिन्छ ।

    – भूकम्प पछि पर्यटकहरुको आगमन उक्त क्षेत्रमा अत्यधिक बढेको र राम्रो सम्भावना हुँदाहुँदै पनि स्तरीय सेवा दिने होटलको अभाव रहेको कुरालाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो ।
    ड्ड होटलको स्थापना सँगै उक्त क्षेत्रमा पुगेका पर्यटकहरुलाई उनीहरुबाट लिइने शुल्क बमोजिम स्तरीय सेवा प्रदान गर्न सकिने भएको कारण पर्यटनको थप प्रवद्र्धन गर्नमा होटल एलिसले निकै महत्वपूर्ण भूमीका निर्वाह गर्नेछ ।

    – यो होटल हुम्ला जिल्लाको पहिलो भूकम्प प्रतिरोधी होटल हुनेछ ।

    – भूकम्प पछि यस क्षेत्रमा जाने तीर्थयात्रीहरुको सङ्ख्या अत्यधिक बढेको भएपनि त्यस क्षेत्रमा स्तरीय होटलहरुको अभाव रहेको कारण स्तरीय सुविधा पर्यटकहरुले प्राप्त गर्न सकेका थिएनन् ।

    (पौडेल इमर्जिङ नेपालका वित्त प्रमुख पनि हुनुहुन्छ ।)

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: