टि–ट्वान्टी क्रिकेट: पाकिस्तानसँगको खेलमा न्यूजील्याण्डको जित



काठमाडौं । पाकिस्तानसँगको ३ खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली न्यूजील्याण्डले जितेको छ । पाकिस्तानलाई न्यूजील्याण्डले पहिलो खेलमा ७ विकेटले पराजित गरेको हो ।

१०६ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको न्यूजील्याण्डले १५.५ ओभरमा नै लक्ष्य भेटायो । न्यूजील्याण्डका लागि कोलिन मुनरोले नटआउट ४९ रनको योगदान दिए । उनले ४३ बलको सामाना गर्दै ३ चौका र २ छक्का प्रहार गरेका थिए । न्यूजील्याण्डको जितका लागि टोम ब्रुसले २६ र रोस टाइलरले २२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर सकिन २ बल बाँकी छँदा सबै विकेटको क्षतिमा १०५ रन मात्रै बनाउन सकेको थियो ।

पाकिस्तानका लागि बाबर अजाम बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । बाबरले ४१ रन बनाएका थिए । त्यस्तै, पाकिस्तानका हसन अलिले २३ रनको योगदान दिए ।

४ रन हुँदा पहिलो विकेटको रुपमा ओपनर्स फखर जमानलाई गुमाएको पाकिस्तानले ४ रन नै हुदा अर्को विकेटको रुपमा उमार अमिनलाई गुमाएको थियो । निरन्तर दबाबमा खेलेको पाकिस्तानले १५ रन हुदा मोहम्मद नवाजलाई गुमाएपछि धरासायी बनेको थियो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा न्यूजील्याण्डका सेथ रेन्स र टिम साउथीले समान ३–३ विकेट लिए । पाकिस्तान र न्यूजील्याण्डबीचको दोस्रो खेल २५ जनवरीमा हुनेछ ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: