माघको जाडोमा रमेश समर्थनले निकाले चिसा पसिना


शशि पन्थी, भैरहवा । पुष-माघको महिनामा तराईमा अत्यन्तै जाडो हुन्छ, अझ यो वर्ष त तराईबासीहरुले घाम देख्न समेत नपाएको धेरै भयो । यस्तो जाडो मौसममा रुपन्देही जिल्लाका चर्चित साहित्यकार रमेश समर्थनले चिसा पसिना निकालेर दुनियाँका सामु देखाएका छन् ।
सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो ।

सार्वजनिक बिदाको समय पारेर समाजका बुद्धिजिवि, समाजसेवी, प्राध्यापक, कवि, पत्रकारहरुलाई समेत निमन्त्रणा गरी यहि माघ ४ गते मङ्गलापुर राम जानकी मन्दिरको सभाहलमा रमेश समर्थनको चिसा पसिना नामक कृति चितवन निवासी साहित्यकार प्राध्यापक कपिल अज्ञातले कार्यक्रममा लोकार्पण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै अज्ञातले दुई वटा सस्मरण समर्थन कै मुख बाट सुन्दा आँखा भरिएको बताउँदै त्यो पाठकलाई आफुसँगै भावुक बनाएर लैजान सक्ने क्षमता समर्थनमा रहेको अज्ञातले बताएका थिए ।

निबन्धको चर्चा गर्दै अज्ञातले भने, ‘निबन्ध भनेको कुनै विषयमा केन्द्रीत भएर लेखिएको गद्य रचना हो यसमा आख्यान तत्व हुँदैन, त्यसैको उप बिधाका रुपमा सस्मरण र नियात्रा पर्छन् ”
कार्यक्रममा कृतिको समीक्षा गर्दै डा. मुरारी पराजुलीले वर्तमान राष्ट्रिय समस्यालाई विचारका रुपमा ल्याउनु पर्ने थियो त्यसमा समर्थन जोगिएको आफुले पाएको बताएका थिए । कृतीको शैलिमा चमत्कारीता रहेको पराजुलीको भनाई थियो ।

स्थानीय अभिभावक ८४ वर्षिय बाबुराम रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकारहरु प्राज्ञ बूँद राना, बालकृष्ण भट्टराई, प्रा. डा. कपिल देव लामिछाने, कथाकार वनमाली निराकार, विजय सागर , डिल्लीराज भट्टराई र कपिलबन्धुले चिसा पसिनाको चर्चा परिचर्चा गरेका थिए ।
उक्त कार्यक्रममा साहित्यकारहरु कृष्ण प्रसाद कोइराला , कविता रिजाल , गङ्गा अभिलाषी , सीता काफ्ले , कृष्ण घिमिरे गाउँले , मीनबहादुर राना , यज्ञ न्यौपाने , सुवाष रिजाल, देवी न्यौपाने धीर समेतको गरिमापूर्ण उपस्थिति रहेको थियो ।
कार्यक्रम तीन घण्टा सम्म चलेको थियो ।

सत्तरी जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा सुमित ढकालको स्वागत मन्तव्य र अधिवक्ता तुल्सीराम ढकालको संचालनमा सम्पन्न भएको कार्यक्रममा कृतिकार रमेश समर्थनले कृति अब लेखकको नरही पाठकको भएकाले पाठकको माया पाउने विश्वास व्यक्त गरेका थिए । चिसा पसिना नामक कृति यात्रा र सस्मरण सम्बन्धमा लेखिएको छ । कृतिको मुल्य रु दुईसय राखिएको छ । कृतिमा पठनिय पेज १२८ छन् । उक्त कृति अमित ढकाल र निमी ढकालले संयुक्त रुपमा प्रकाशन गरेका हुन् ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: