चण्डेश्वरी–बौंडेश्वर पदमार्ग निर्माणको प्रक्रियामा अघी बढ्याे


कृष्ण प्रसाद अधिकारी

तारकेश्वर, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न क्षेत्रलाई समेटेर निर्माण हुन लागेको चण्डेश्वरी–बौंडेश्वर पदमार्ग निर्माणको प्रक्रियामा अघी बढेको छ ।
पदमार्ग निर्माणको निम्ति स्थापना गरिएको चण्डेश्वरी–बौंडेश्वर पदमार्ग निर्माण समितिले नेपाल पर्यटन वोर्ड तथा टोखा नगपालिकाको सहयोगमा उक्त निर्माण कार्य शुरु गरेको समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताउनुभएको छ ।

यस पदमार्गलाई आगामी दिनमा तारकेश्वर तथा बुढानिलकण्ठ नगरपालिकाको समेत सहकार्यमा निर्माण कार्य सम्पन्न गर्ने आफूहरुको योजना रहेको अधिकारीले बताउनुभयो ।
हाल पदमार्गको नक्साङ्कनको कार्य सम्पन्न भइसकेको छ भने केही दिनमा नै निर्माण कार्य शुरु हुने समितिले जनाएको छ ।
बैशाख १ गते सम्ममा चण्डेश्वरी वौंडेश्वर खण्डको ३ किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिसक्ने तवरले आफूहरुले निर्माण कार्य अघी बढाइसकेको समेत अधिकारीले बताउनुभयो । चण्डेश्वरी वौंडेश्वर पदमार्ग खण्ड ९.२१ किलोमिटर हो । यसैगरी चण्डेश्वरी देखि तारकेश्वर सम्म १३.४६ किलोमिटर रहेको छ । यसैगरी बुढानिलकण्ठ खण्ड २.७ किलोमिटर हो । सम्पूर्ण पदमार्ग निर्माण कार्य भइसक्दा करिब १६ किलोमिटर हुन जानेछ ।

उक्त पदमार्ग निर्माण कार्य सम्पन्न भइसकेपछि आन्तरिक पर्यटन फस्टाउनको निम्ति निकै ठूलो सहयोग पुग्ने पदमार्ग निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताउनुभयो । पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने क्षेत्रहरुको समेत उल्लेख गर्दै पदमार्ग निर्माणसँगै पर्यावरणीय पर्यटनको प्रवद्र्धन हुने, होम स्टेहरु निकै धेरै सङ्ख्यामा सञ्चालनमा आउने, होटल, रेष्टुरेन्ट, रिसोर्ट लगायतका व्यवसायहरु फस्टाउने, धार्मिक पर्यटनमा समेत उल्लेख्य वृद्धि हुने ऊहाँले बताउनुभयो ।

सांस्कृतिक नगरी टोखा लगायत चण्डेश्वरी, बज्रयोगिनी, सपनातीर्थ, गुप्तेश्वर, गौतमेश्वर, महाँकालदेवी, जलेश्वर, वनकाली (कालिकादेवी), बौंडेश्वर महादेव, तारकेश्वर महादेव लगायतका प्रसिद्ध मन्दिरहरु समेटिने यस पदमार्ग मार्फत स्थानीय जनताहरु समेत लाभान्वित हुन सक्नेछन् । यससँगै काठमाडौं भित्रका तर प्रचारमा आउन नसकेका यी विभिन्न मन्दिरहरुको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । पदमार्ग निर्माण सँगै करिब १ हजार व्यक्तिहरु स्वरोजगार तथा आत्मनिर्भर हुन सक्नेछन् ।


शिवपुरी राष्ट्रिय निकुञ्जको पर्खालको किनारबाट निर्माण हुने यस पदमार्गले वन्यजन्तुहरुको संरक्षणमा टेवा पुग्ने, स्थानीय कृषकहरुको बाली संरक्षणमा सहयोग पुग्ने, सरसफाईमा उल्लेख्य सुधार गर्न सकिने, सार्वजनिक जग्गाको अतिक्रमण रोक्न सहयोग पुग्ने मात्र नभई यस पदमार्गको माध्यमबाट स्थानीय कला संस्कृतिको संरक्षणमा समेत सहयोग पुग्ने योजनाको साथ समितिले काम अघी बढाएको छ । पदमार्ग निर्माण पश्चात् पर्यटकको आगमन बढ्ने र संस्कृतिको आदानप्रदान हुने भएको कारण स्थानीय मानिसहरुको चेतनास्तरमा समेत वृद्धि हुने आशा गर्न सकिन्छ ।
पदमार्ग निर्माण कार्यमा स्थानीय जनता, क्लब तथा अन्य संघसंस्थाहरुको समेत सहकार्य हुनु जरुरी छ । यस पदमार्गलाई साइकलमार्ग समेत बनाउन सके आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको निम्ति अझ महत्व बढेर जाने अनुमान गर्न सकिन्छ ।

को हुन् पदमार्गका योजनाकार ?
चण्डेश्वरी–बौंडेश्वर पदमार्ग निर्माणका योजनाकार तथा अध्यक्ष कृष्ण प्रसाद अधिकारी एक उद्यमशिल युवा हुनुहुन्छ । झोरमहाँकाल क्षेत्रमा १८ रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि कार्य गर्दै आउनुभएका ऊहाँले प्रदेशसभा निर्वाचनको निम्ति नेकपा (एमाले)बाट काठमाडौं क्षेत्र ६ (ख) को उहाँको नाम निकै चर्चामा रहेको भएपनि यसपटकको निर्वाचनको अन्तिम चरणमा ऊहाँ टिकट पाउनबाट वञ्चित हुनुपरेको थियो । स्थानीय विकास कार्यमा निकै महत्वपूर्ण योगदान पु¥याउनुभएका ऊहाँ वि.सं २०५४ मा गाविस अध्यक्ष भएको समय देखि विकास निर्माण तथा स्थानीय जनजिविकालाई नजिकबाट बुझ्दै सहयोग गर्दै आउनुभएको छ ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: