हास्यकलाकार घनश्याम एण्टिनाको प्रस्तुतिमा रमाए ल्हाेसारका दर्शकहरू


काठमाडौ- भक्तपुर जिल्लाको ठिमीस्थित शंखरापुर पार्टी प्यालेशमा मोक्तान ब्रदर सोसाइटी द्वारा सोनाम लोछार २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । संस्थाको अध्यक्ष मीन लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केसब नेपाल रहेका थिए । उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सुभाष लामाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री सुर्यमान दोङ, प्रदेश ३ की संसद सीता लामा,सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायत एक दर्जन भन्दा बढि संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा निर्देशक तथा हास्यकलाकार घनश्याम एण्टिनाको प्रस्तुति विशेष रोचक थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: