चलचित्र ‘पसिना’काे निर्माण कार्य सम्पन्न


अार.बी अत्री [शरद’

पसिना नामक सिनेमाको सम्पूर्ण काम पूरा भएको छ । चलचित्र यसै साता नै ‘च्यारिटी शो’ मा जान लागेको छ । चलचित्रको सम्पूर्ण काम सकिएको कारण माघको पहिलो साता नै देशका विभिन्न शहरहरुबाट ‘च्यारिटी शो’ गर्ने योजनामा आफूहरु रहेको चलचित्रका लेखक तथा निर्देशक वि.वि खत्री ‘शरद’ले सेतोघर डट कमलाई जानकारी गराउनुभएको छ ।

यस चलचित्रमा गौरव पहाडी, अनु शाह, सरोज खनाल, शिवसंकर रिजाल, जयनन्द लामा, सुरजन केसी लगायतका व्यक्तिहरु विभिन्न भूमीकामा हुनुहुन्छ ।
ननस्टप क्रियसनको व्यानरमा बनेको यस चलचित्रको निर्माण समाजसेवी शान्ता ढकाल र इन्जिनियर सञ्जय महतोले गर्नुभएको हो । चलचित्रको स्क्रिप्ट लेखन तथा निर्देशन आर.बी खत्री ‘शरद’ले गर्नुभएको छ ।

सन्देशमूलक चलचित्र :
चलचित्र सन्देशमूलक छ । यस चलचित्रमा महिला हिंसा, उत्पीडन र श्रम शोषण लगायतबाट महिलाहरु माथि हुने गरेका हिंसात्मक घटनाहरुलाई उठान गरिएको छ । साथै चलचित्रको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुनुपर्ने कुरामा समेत निकै सजगता अपनाएको छ ।
खासगरी विभिन्न क्षेत्रमा कामदारले भोग्नुपरेका विषयहरुलाई समेटिएको यस चलचित्रले ‘गरौं सत्कर्म बगाऔं पसिना’ भन्ने नारालाई सार्थक पार्ने प्रयाश गरेको बुझ्न सकिन्छ । बगाएको पसिना सत्कर्मको निम्ति हुनुपर्छ भन्ने मान्यताले यो चलचित्र निर्माण गरिएको कारण चलचित्रले राम्रो बजार लिने आशामा छ निर्माता पक्ष ।

आर.बी खत्रीको चलचित्र यात्रा :
खत्री आफैंले सञ्चालन गरेको नन स्टप क्रियसनले यसै फागुन २७ गते १० औं बार्षिकोत्सव मनाउँदैछ ।
विगत १७÷१८ बर्ष देखि रंगमञ्चीय क्षेत्रमा रहेर काम गरिरहनुभएका आर.बी खत्री ‘शरद’ शुरुवातका दिनमा ‘हिजोआज’ नामक टेलिसिरियलमा ४० भाग सम्म अभिनय गर्नुभएको थियो । पछि नारायण पुरीको सहयोगमा एसिस्टेन्ट हुँदै निर्देशनको क्षेत्रमा प्रवेश गर्नुभएका केसीले दीपक श्रेष्ठसँग चिफ एसिस्टेन्टको रुपमा रहेर काम गर्ने अवसर पाउनुभयो । २०६४ देखि भने ऊहाँले आफ्नै नन स्टप क्रियशन मार्फत विभिन्न चलचित्र तथा म्युजिक भिडियोहरु निर्माण गर्दै आउनुभएको छ ।

चलचित्र ‘डमरु’को तयारीमा खत्री :
नैना रेसम, नबोले नि हाँसि राख न, सिसा, पसिना लगायतका ७ ओटा चलचित्र निर्माण गरिसक्नुभएका केसीले अब डमरु नामको चलचित्र निर्माणको क्रममा रहेको बताउनुहुन्छ । चलचित्र क्षेत्रमा निकै लामो समय अनुभव समेट्नुभएका केसी आगामी दिनमा पनि यसै क्षेत्रमा नै रहेर चलचित्र क्षेत्रलाई थप व्यवस्थित गर्दै अघी बढाउने आफ्नो योजना रहेको समेत बताउनुभएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: