६ लाख मागेकै छैन : दीपिका



काठमाडौं । यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका हुन् दीपिका प्रसाईँ । पहिलो फिल्मबाट अभिनय र सुन्दरताको भारी तारिफ पाएकी दीपिका केही दिन यता चर्को पारिश्रमिकको विषयलाई लिएर चर्चामा छिन् ।

खबर अनुसार, ‘ऐश्वर्य’को सफलतापछि उनले अहिले एक फिल्मबापत ६ लाख डिमाण्ड गरेकी छिन् । चर्को पारिश्रमिककै कारण अहिले उनको हातमा फिल्म नभएको पनि गाइँगुइँ हल्ला छ । तर, यो खबरमा सत्यता नभएको दीपिका बताउँछिन् ।

उनले भनिन्, ‘त्यो मैले सोच्दै नसोचेको कुरा कसरी बाहिर आयो म आफैं अचम्ममा परेकी छु । मैले अहिले डिमाण्ड गर्ने बेला भएको छैन । अनि, अहिले नै मैले ६ लाख पारिश्रमिक माग्न पनि सक्दिनँ ।’ दीपिकाले हाल आफू एक फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको बताइन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: