पाल्पामा ग्यास काराेबारलार्इ व्यवस्थित गर्ने प्रयाशमा डिलर संघ

  • यसाे भन्छिन् उपाध्यक्ष मन्जु रेग्मी

  • पाल्पा ग्यास डिलर संघकाे अधिवेशन सम्पन्न भएकाे छ । पाैष २९ मा सम्पन्न अधिवेशनबाट राजेन्द्र बहादुर बज्राचार्यकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे छ । जस मध्ये उपाध्यक्षमा मन्जु रेग्मी, सचिव पर्सुराम पाैडेल  र काेषाध्यक्षमा अजय वहादुर श्रेष्ठ छन् ।

    पाल्पा जिल्लामा ग्यास व्यवसायलार्इ व्यवस्थित तवरले सञ्चालनकाे निम्ति संघले लामेा समय देखि पहल गर्दै अाएकाे संघकी उपाध्यक्ष मन्जु रेग्मीले बताइन् । यद्यपि अन्य संस्थाहरूबाट प्रयाप्त सहयाेग प्राप्त हुन नसकेकाे, भाडा अन्यन्तै महँगाे रहेकाे साथै वस्ती समेत पहाडी जिल्ला भएकाे कारण पातलाे रहेकाे कारण ग्यास व्यवसाय निकै कठिन रहेकाे तैपनि जनचेतना अभिवृद्दिकाे निम्ति अाफूहरू निरन्तर रूपमा लाग्दै अाएकाे समेत उनले बताइन् ।

    अधिकृत ग्यास विक्रेता महासंघकी कार्यसमिति सदस्य तथा पाल्पाकी एक्ली महिला ग्यास उद्यमी रेग्मीले ग्यासकाे  व्यवस्थित बजार र अात्मनिर्भर काराेबारमा समेत जाेड दिएकी छिन् ।

    सेताेघर डट कमसँगकाे कुराकानीमा ग्यास काराेबारकाे क्रममा मुनाफा कम भएकाे कारण अाफूहरू व्यवसायमा टिक्न नै अप्ठ्याराे परेकाे भन्दै नेपाल सरकार अन्तरगतका विभिन्न निकायहरूमा पहल संघ तथा  महासंघ मार्फत पहल हुँदै अाएकाे समेत बताइन् । अहिले प्रति सिलिण्डर ३२ रूपियाँ मुनाफा रहेकाेमा जुन कमी भएकाे कारण यसलार्इ बढाएर न्यूनतम ५ प्रतिशत पुर्याउनुपर्ने महासंंघकाे मागमा अाफ्र र पाल्पा संघकाे समेत एेक्यवद्दता रहेकाे समेत उनले बताइन् ।

    स्मरण रहाेस्, ग्यास व्यवसायी रेग्मी पाल्पामा काराेबार बढी गर्ने व्यक्तिकाे रूपमा  केही पहिले प्रमुख जिल्ला अधिकारीबाट सम्मानित भएकी व्यक्ति पनि हुन् । हाल उनले मासिक १५ सय देखि २ हजार सम्म सिलिण्डर विक्री गर्दै अाएकी छिन् । हाल  उनले बुटबल, त्रिशुल र सिद्दार्थ ग्यासकाे डिलरकाे रूपमा काम गरिरहेकी छिन् ।

     

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: