माघ २ देखि ‘अाेप्स खेलकुद महाेत्सव’ अायाेजना हुँदै


गाेलढुंगा स्थित सञ्चालित सृजना ज्ञानसागर स्कुलकाे मुख्य तथा मनमैजुकाे हिमरश्मी स्कुलकाे  संयाेजनमा अाेप्स खेलकुद महाेत्सव -२०७४ अायाेजना हुन लागेकाे छ ।

माघ २ गते देखि ७ गते सम्म अायाेजना हुन लागेकाे उक्त खेलकुद कार्यक्रममा फुटबल र एथ्लेटिक्ससँग सम्बन्धित खेलहरू  समेटिएका छन् ।

खेलकुदमा १६ अाेटा विद्यालयहरू संलग्न रहेकाे र अझै केही विद्यालयहरू थपिन सक्ने अाज सृजना स्कुलमा अायाेजित पत्रकार सम्मेलनमा अायाेजक पक्षबाट जानकारी दिइयाे ।

अाेप्सकाे  बार्षिक कार्यक्रम अनुसार नै याे कार्यक्रम अायाेजना हुन लागेकाे बताउँदै खेल अन्तराष्ट्रिय प्रचलित नियमानुसार खेलाउन लागिएकाे समेत जानकारी गराइएकाे छ ।

यसपटककाे खेलकुद कार्यक्रममा खेलकुदकाे अायाेजना सिर्जना ज्ञानसागर स्कुल तथा एथ्लेटिक्सकाे संयाेजन हिम रश्मी स्कुलले गर्दैछ । 

‘शारीरिक तन्दुरूस्तिका लागि खेलकुद र समाजका लागि खेलाडी’ नाराकाे साथ अायाेजना हुन लागेकाे यस खेलकुद कार्यक्रमले विर्थार्थीहरूलार्इ अनुशासित, वहुअायामिक सहयाेगी र सर्वगुणी बनाउन सफल हुने अाेप्सकाे अपेक्षा छ ।

विजेताहरूलार्इ अार्थिक पुरष्कारकाे अलावा बेष्ट डिफेन्डर, बेष्ट गाेल किपर, बेष्ट स्ट्राइकर, बेष्ट काेच लगायतमा समेत पुरष्कृत गरिनेे प्रेस विज्ञप्तिमा उल्लेख छ । कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख लाग्ने र सबै रकम विद्यालयहरूबाट नै व्यवस्थापन गरिने समेत बताइएकाे छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: