राज्यको प्राथमिकतामा प्राङ्गारिक कृषि पर्यटन नपर्दाको परिणाम

  • निजी क्षेत्रको पहलले मात्र सम्भव भएन प्राङ्गारिक कृषिको व्यावसायिकरण

  • संगम शेर्पा, संचालक, फार्म हाउस रिसोर्ट  (कपन ), प्राङ्गारिक कृषि पर्यटन अभियन्ता

    अहिले नेपालमा निजी लगानीमा संचालित व्यवसायीहरुले नयाँ–नयाँ प्रविधिहरु भित्र्याइरहेका छन् । संसारका विभिन्न नयाँ प्रविधिहरु ल्याइरहेका जागरुक युवा उद्यमीहरुको निम्ति नेपालमा राज्यले हौसला दिन सकेको छैन । ६० प्रतिशत मानिसहरु कृषि क्षेत्रमा आवद्ध रहेर काम गर्दा यहाँ उत्पादित कृषिजन्य उत्पादनले १० प्रतिशत मानिसहरुलाई समेत खानपुग्ने अवस्था छैन ।

    अध्ययनको निम्ति विदेश गएर नेपालमा फर्किएका व्यक्तिहरु अध्ययन पश्चात् नेपालमा फर्किए पश्चात् उनीहरुले मुलुकको निम्ति कति योगदान गर्न सके ? त्यो पनि हिसाब भएको छैन ।
    नेपालमा निजी व्यवसायीहरुले भित्र्याएका प्रविधिहरुको प्रयोग गरेर नेपालमा कृषि क्षेत्रमा संलग्न कृषकहरुको सङ्ख्या ६० प्रतिशतबाट ३० प्रतिशतमा झार्ने योजनामा हामी छौं । यद्यपि हामीले काम गर्ने क्रममा भने राज्यले विभिन्न वहानामा हामीलाई अङ्कुश लगाउँदै आएको छ ।

    अबबन्ने संघीय प्रादेशिक संरचनामा कृषि क्षेत्र कसरी समेटिन्छ ? त्यो हामी सबैको चासोको विषय हो । हामी जस्ता कृषिको क्षेत्रमा स्वदेश तथा विदेशको अनुभव भएका व्यक्तिहरुलाई समेटेर मात्र कृषिका योजनाहरु बन्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

    अब प्राङ्गारिक कृषिको बारेमा कुरा गरौं । 

     

    नेपाल प्राकृतिक रुपमा आफैंमा प्राङ्गारिक भूमी हुँदाहुँदै पनि ग्रामीण क्षेत्रका जनताहरुलाई यस बारेमा राम्रो जानकारी हुन सकेको छैन । शहरी क्षेत्रमा अर्गानिकको केही हद सम्म लहर नै चलेको छ । यस्तो अवस्थामा नेपालमा अर्गानिक कल्चर विकास गर्न र किसानहरुलाई उत्प्रेरित गर्नको निम्ति समेत विशेष कार्यक्रमहरु ल्याउनुपर्ने जरुरी छ ।

    नेपाल राष्ट्र बैंकले कृषिमा लगानी प्रवद्र्धनको निम्ति पनि विशेष जोड दिँदै आएको छ । यद्यपि नेपालका बैंकहरु आफ्नो लगानी सुरक्षित नभई कृषिमा लगानी गर्न तयार छैनन् । अहिले पनि कृषिको क्षेत्रमा काम गर्न इच्छुक अधिकांश किसानहरु सम्पन्न नभएको कारण नेपालमा लगानीको क्रममा शुरुमा नै ठूलो रकमको सम्पत्ति धितो राख्न सक्ने अवस्था किसानमा छैन । यस्तो अवस्थामा कृषिलाई सहज तवरले लगानी क्षेत्र बनाउने व्यवस्था गर्नुपर्ने दायित्व नेपाल सरकारको नै हो ।

    स्वदेशीलाई प्रोत्साहन दिनु आवश्यक :
    अबको संघीय संरचनामा नेपालमा उत्पादन सम्भव रहेका र उत्पादन भइरहेका वस्तुहरुको बजार ग्यारेन्टी नगरी आयातित सोही वस्तु आयातमा रोक लगाउनुपर्ने आवश्यकता गर्नु जरुरी छ । जसरी यदि हामीले नेपालमा उत्पादन भएका कुनै प्राङ्गारिक तरकारी वा अन्य उत्पादन विदेश पठाउन चाह्यौं भने उनीहरुले विभिन्न प्रमाणित कागजपत्रहरु हामीसँग खोज्छन् । त्यसरी नै बाहिरबाट आयातित वस्तुहरु नेपालमा भित्र्याउने क्रममा पनि त्यसरी नै कडाई गर्दै स्वदेशी कृषिलाई माथि उठाउनको निम्ति विशेष व्यवस्था गर्नु जरुरी छ ।

     कृषिलार्इ व्यावसायिकरणकाे निम्ति कसरी  हाेला पहल ?
    नेपालमा अब कृषि मन्त्रालय खारेज हुने क्रममा छ । यस्तो अवस्थामा हामीले नेपालमा भएका कुन वस्तु विदेशलाई समेत विक्री गर्न र लाभ लिन सकिन्छ, त्यसै क्षेत्रमा नै हाम्रो लगानी बढाउनु जरुरी छ । कृषिलाई विशेष प्राथमिकता प्राप्त क्षेत्रको रुपमा विकास गर्नुपर्छ ।
    थोरै किसानबाट धेरै सामान उत्पादन गर्नमा जोड दिँदै कृषिलाई फरक तवरले अघी बढाउन अब कृषकलाई सहजकर्जा, उपकरण, प्राविधिक सहयोग, अनुदान र प्रोत्साहनमूलक कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता छ ।

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: