सुस्तमनस्थितिका व्यक्तिहरूलार्इ लक्षित मुर्ति कला तालिम सम्पन्न

  • राेटरी क्लबबाट भक्तपुरमा तालिमकाे अायाेजना

  • रोटरी क्लब अफ भक्तपुर ३२९२ का प्रेसिडेन्ट रोटरीयन केशव दिवाकर ज्यु तथा फस्ट लेडी ममिता दिवाकर ज्युको आयोजनामा बौद्दिक अपाङ्गता तथा सुस्त मनस्थितिका व्यक्तिहरुलाई लक्षित गरी मुर्ति बनाउने तालिम सम्पन्न गरिएको छ ।
    २०७४ पुष १६ देखि २३ गते सम्म साताव्यापी चलेको उक्त तालिममा आदर्श बाल विकास केन्द्र (बनेपा)बाट ५ जनाको सहभागिता रहेको थियो ।
    उक्त तालिमबाट सुस्तमनस्थिति भएका व्यक्तिहरुको भविष्य उज्जवल बनाउन र व्यक्तिलाई आत्मानिर्भर बनाउन तालिम सहयोगी हुने अपेक्षा आयोजक पक्षको छ ।
    तालिमबाट सहभागिहरुले मण्डला, सानो भ्mयाल, बुद्धको मुर्ति लगायतका विभिन्न वस्तुहरु बनाउन सिकेको समेत बताइएको छ । यी सुस्त मनस्थितिका व्यक्तिहरुबाट बनाइएका मुर्तिहरु चाडँै नै बजारमा उपलब्ध हुने हुने समेत जानकारी गराइएको छ ।

    साथै उक्त तालिम सुस्त मनस्थितिका  व्यक्तिहरूकाे निम्ति अावश्यक परेमा  माेबार्इल नम्बर ९८५११३६५४१ मा सिधा सम्पर्क गर्न सकिने समेत बताइएकाे छ ।

    Comment

    Related News 

    © 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: