प्रचन्डले फिर्ता बाेलाए सरकारबाट अाफ्ना मन्त्रीहरू


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको जानकारी गराएका छन् । पार्टी अध्यक्ष प्रचण्डको पत्र दिएर विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय पुगेका थिए । पत्र बुझेपछि देउवाले धन्यवाद भनेका छन् ।

प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरेका छन् । तर, ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो गरेका छन् ।

पत्रमा भनिएको छ, तर, आजसम्म त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट माओवादी र संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: