छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले धनकुटाको छिन्ताङमा पञ्चायतकालमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०३६ साल कात्तिक २७ गते धनकुटामा तत्कालीन राजदलबाट ज्यान लिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

कम्युनिष्टको गढ मानिने धनकुटाको छिन्ताङमा २०३६ साल कात्तिक २७ गते प्रहरीले घेरा हालेर १६ जनाको निर्ममतापूर्वक हत्या गरेको थियो।

हत्या भएकामध्ये धेरै तत्कालीन नेकपा मालेका कार्यकर्ता थिए।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार मदन भण्डारी, अशोक राईलगायत नेताहरूले भूमिगत हुँदा छिन्ताङमा ‘सेल्टर’ लिने गर्थे।

‘कम्युनिष्ट प्रभाव बढेको भन्दै तत्कालीन सरकारले गरेको कारवाहीमा केही साधारण मानिस पनि मारिएका थिए,’ ज्ञवालीले भने ‘अहिले सरकारले उनीहरूलाई शहीद घोषणा गर्नु सकारात्मक काम हो।’

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: