मार्ट तथा सुपरमार्केटमा किन गर्ने काराेबार

  • यसाे भन्छन् गंगबु मिनी मार्टका सञ्चालक पान्डे

  • नवराज पान्डे, सञ्चालक, गाेंगबु मिनी मार्ट

    खुद्रा पसलको तुलनामा विशेष सजावट सहित सामानहरु विक्रीको निम्ति उपलब्ध गराइने यस्ता मार्टहरुमा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । यसैकारण अहिले नेपालमा यस्ता सुपरमार्केट तथा मार्ट व्यवसायहरुमा लगानीकर्ताहरु समेत आकर्षित भइरहेका छन् ।
    एकै ठाउँमा आफूलाई आवश्यक पर्ने सबैजसो सामानहरु उपलब्ध हुने, आधुनिक विलिङ सिष्टमबाट काम गरिने, उपभोग्य अवधिका सामानहरु मात्र उपलब्ध हुने, सजावट तथा सुुरक्षामा समेत विशेष ध्यान दिइने भएको कारण पनि अहिले मार्ट व्यवसायमा युवा पुस्ता आकर्षित भएको गंगबु सुपरमार्केटका सञ्चालक नवराज पाण्डे बताउनुहुन्छ ।

    अहिले नेपाली बजारमा अहिले यस्ता मार्टहरु खासगरी २ किसिमका छन् । पहिलो वर्गमा भाटभटेनी, विग मार्ट, सेल्सवेज लगायतलाई लिन सकिन्छ । यी सुपरमार्केट निकै ठूलो लगानी, पूर्वाधार र व्यवस्थापन सहित सञ्चालनमा छन् । साथै आफ्नो कार्यक्षेत्र समेत निकै फराकिलो बनिसकेको छ । अर्को किसिमका मध्यम वर्गीय मार्टहरु पनि पछिल्लो समय नेपालका मुख्य शहरी क्षेत्रहरुमा अहिले थुप्रै स्ख्यामा खुलिरहेका छन् ।

    गोंगबु सुपरमार्केट कस्तो मार्ट हो ?
    काठमाडौंको गंगबु स्थित विगत ६ महिना देखि स्थानीय बजारलाई लक्षित गरी गंगबु सुपरमार्केट नामक मिनी मार्ट सञ्चालनमा आएको छ । मिनी मार्ट सञ्चालनमा आएसँगै वरपरका व्यक्तिहरुको उक्त पसलमा निकै भीड लाग्ने गरेको छ । हाल आफ्नै भवनमा स्थापना गरिएको उक्त मिनीमार्ट आफूहरुको सोच र योजना भन्दा राम्रो तवरले हुँदै आएको मार्टका सञ्चालक नवराज पाण्डेले सेतोघर डट कमसँगको कुराकानीमा बताउनुभयो । साथै काठमाडौंको गोंगबु क्षेत्रबाट उत्तरी भेगमा स्तरीय सुपरमार्केट सञ्चालनमा आउन नसकेको र जनताको चाहना रहेको कुरालाई मध्यनजर गरी आफुहरुले मार्ट सञ्चालन गरेको समेत ऊहाँले बताउनुभयो । हाल यस मार्टमा ७ जना व्यक्तिहरु रोजगार छन् ।

    को हुन् नवराज पाण्डे ?
    विगतमा गार्मेन्ट व्यवसायमा लगानी गर्दै आएका नुवाकोटका नवराज पाण्डे हाल गोंगबु सुपर मार्केटको अलावा अक्सिजन ग्यास, रेष्टुरेन्ट व्यवसाय, सिसा फ्याक्ट्री, गार्मेन्ट लगायतको क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् ।
    अहिले हामीले सञ्चालनमा ल्याएको यस मार्टमा विगतमा सामानहरु किन्नको निम्ति भाटभटेनी, सेल्सवेज लगायतमा जाने ग्राहकहरु समेत यसै क्षेत्रमा केही हद सम्म रोकिएको पाण्डेले बताउनुभयो । साथै आगामी दिनमा परम्परागत तवरले सञ्चालनमा रहेका किराना पसलहरु समयक्रम अनुसार प्रविधि, पूर्वाधार र क्षमतामा विस्तार गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

    आगामी योजना :
    आगामी दिनमा उपभोक्ताको चाहना बमोजिम आफ्नो मार्टमा सोही बमोजिमका थप सामानहरु थप्ने योजना रहेको बताउँदै पाण्डे अहिले मार्ट रहेको भवनलाई तल्ला थपेर माथिल्लो तल्लामा किचनजन्य सामाग्रीहरु उपलब्ध गराउने योजनामा रहेको समेत बताउनुभयो । पाण्डेका अनुसार यो मार्ट करिब १ करोडको लगानीमा सञ्चालनमा आएको हो । अहिले गंगबु क्षेत्रमा अन्य ५- ७ ओटा मार्टहरु सञ्चालनमा रहेका भएपनि यो मार्ट तुलनात्मक रुपमा अगाडि रहेको पाण्डेले बताउनुभयो ।

    Comment

    Related News 

    © 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: