माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिने !


काठमाडौं, पुस २७ । माओवादी केन्द्रबाट सरकारमा सामेल भएका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने भएका छन् । माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले जानकारी दिए ।

उनले प्रदेसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए लगत्तै आफूहरु सरकारबाट बाहिर खोजेतापनि पार्टीको कारण बिनाविभागिय मन्त्रिको रुमा बसिरहेको पनि बताए । शर्माले भने, ”निर्वाचन सकिए लगत्तै हामीले राजनीनामा दिने सोच बनाएका थियौं । तर,पार्टीको कारण हामीले राजीनामा दिन सकेनौं । अहिले राष्ट्रियसभाको निर्वाचन लगत्तै नयाँ सरकार बन्दैछ । त्यसैले हामीले राजीनामा दिन लागेका हौं ।

नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा सम्भवत आजै साँझ राजीनामा बुझाउने तयारी हो। गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको लागि वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेका माओवादी केन्द्रका ८ मन्त्री र ८ राज्यमन्त्रीलाई बिनाविभागीय बनाएका थिए ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: