मन्त्रिपरिषद् बैठक भोलि बस्ने, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक शुक्रबार बिहान ९ बजेका लागि डाकेका छन्।

नियमित रुपमा आज बस्नु पर्ने बैठक सार्वजनिक विदाका भएकाले भोलि डाकिएको हो। बालुवाटार स्रोतका अनुसार भोलिको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने छ।

‘प्रदेश प्रमुखको नामबारे छलफल भइरहेको छ, भोलिको बैठकले प्रमुख र अस्थायी राजधानी दुबै तोक्नेछ,’ स्रोतले भन्यो।

यसअघि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले यी दुबै कुरा टुंग्याउने बताइएको थियो। सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न गरेको ढिलाइसँगै निर्वाचन आयोगले प्रदेश सभाको अन्तिम मतपरिणाम घोषणा गर्न पाएको छैन।

आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभाको मतपरिणाम बुझाउनु पर्ने संवैधानिक प्रावधान छ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: