कतारमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’ अायाेजना हुँदै


संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा यहि मार्च ८ र ९ तारिखमा कतारका २ शहरमा ‘कुमारी बैंक र बुम रेमिट’को प्रस्तुतीमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना गर्न लागिएको जानकारी छ ।
देशका चर्चित गायक–गायिका, हास्य कलाकार र नायक–नायिकाहरुको साथमा यो कार्यक्रम आयोजना हुन लागेको बताइएको छ ।
‘कुमारी बुम सुपर स्टार नाइट्स’मा चर्चित हाँस्य कलाकार जीतु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागाईँ, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कँुवर नृत्य निर्देशक तथा मोडल शंकर बीसी सहभागी हुँदै हुनुहुन्छ । यो कार्यक्रमको संचालन चर्चित कार्यक्रम संचालक नरेश भट्टराइले गर्दै हुनुहुन्छ ।
करिब ५ लाख नेपालीहरुको बसोबास रहँदै आएको कतारमा यो कार्यक्रम भव्य र सव्य रुपमा आयोजना हुने कुरामा यहाँहरुलाई विश्वस्त तुलाउन चाहन्छौ । मार्च ८ मा यो कार्यक्रम कतारको अल्खोर स्टेडियममा आयोजना हुँदैछ । यो क्षेत्रमा करिब ७० हजारको हाराहारीमा नेपालीहरु रहँदै आएका छन् । यस्तै, मार्च ९ मा ग्रान्ड मलमा कार्यक्रम आयोजना हुनेछ जुन कतारको राजधानी दोहामा पर्दछ ज‘हा करिब १ लाख ५० हजारको हाराहारीमा नेपालीहरु रहँदै आएका छन् ।
मार्च ८ मा हुने कार्यक्रममा करिब ७ हजार र मार्च ९ मा आयोजना हुने कार्यक्रममा करिब १० हजार नेपालीले यो कार्यक्रम प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ । साथै कतारका स्थानिय बासिन्दाहरुले समेत यो कार्यक्रम हेरेर मनोरञ्जन लिने विश्वास गरिएको छ ।
यो कार्यक्रमको आयोजनाले नेपाली गीत संगीत, हाँस्य व्यङ्ग्यको विकास र प्रवद्र्धनमा ठूलो सहयोग र साथ मिल्नेछ भन्ने अपेक्षा गरिएको छ । कुमारी बैंक र बुम रेमिटको प्रायोजनमा हुने उक्त कार्यक्रममा नेपाल टेलिकम, नेपाः ट्रभल्स एण्ड टुर्स र ओपिएम रेष्टुरेन्ट लगायतको साथ छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: