साम्राज्ञी लन्डन पुग्दा आर्यन उडे फिलिपिन्स



काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोस्रो पटक पनि बेलायतले भिषा दिन अस्वीकार गरेको खबर अन्ततः गलत साबित भएको छ । आफू अभिनीत नयाँ फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ नामक फिल्मका लागि साम्राज्ञी लन्डन पुगिसकेकी छिन् ।

पहिलो पटक बेलायतले भिषा दिन अस्वीकार गरेपछि उनले नायक आर्यन सिग्देलको अभिनय र निर्माणमा बन्न लागेको फिल्म ‘कायरा’ साइन गरेकी थिइन् । ‘कायरा’को छायांकन जनवरी ११ तारिखबाट सुरु हुँदैछ । यसका लागि सोमवार साँझ नायक आर्यन फिलिपिन्स उडेका छन् ।

फिलिपिन्सको मनिलामा छायांकन हुने यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । यस्तै, साम्राज्ञीले बेलायतमा ‘इन्टु मिन्टु लन्डनमा’को सुटिङ ज्वाइन गरिसकेकी छिन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम र फेसबुकमा फिल्मका नायक धिरज मगरसँगको एक तश्विर शेयर गरेकी छिन् ।

बिग बजेटमा निर्माण हुन लागेको यो फिल्मकी निर्देशक रेनाशा वान्तवा राई हुन् । उनी चर्चित कोरियोग्राफर समेत हुन् । यो फिल्मको अधिकांश छायांकन बेलायतमा नै हुनेछ । सेड्युल जुधेपछि अब साम्राज्ञीले ‘कायरा’ र ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन एकसाथ गर्नेछिन् ।

उनी केही हप्तामा नै नेपाल आएर ‘कायरा’को छायांकनका लागि फिलिपिन्स उड्ने स्रोत बताउँछ । खबरअनुसार, यो फिल्मबाट साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेकी छिन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: