नेपालीहरूलार्इ पानीजन्य राेगबाट छुटकारा दिने अभियानमा ग्रिन सप्लायर्स


अतिक सल्मानी, प्रबन्ध निर्देशक, ग्रिन सप्लायर्स

पानी सबैको निम्ति आधारभूत आवश्यकता हो । तर पिउन र खाना पकाउनको निम्ति प्रयोग गरिने पानी शुद्ध र सफा हुनु जरुरी छ । यद्यपि जनताहरुलाई नेपालमा शुद्धपानी उपलब्ध गराउने कार्यमा नेपाल सरकार अहिले पनि चुकिनै रहेको छ । यस्तो अवस्थामा नेपालमा निजी लगानीका उद्योगी वा व्यवसायीहरुले व्यावसायिक लाभ सहित पानी उपलब्ध गराउँदै आएका छन् । जसले गर्दा नेपालमा अहिले निकै धेरै सङ्ख्यामा पानी उद्योगहरु खुलेका छन् । ती पानी उद्योगहरु सञ्चालनको क्रम बढेसँगै पानी उद्योगहरु सञ्चालनको निम्ति आवश्यक पर्ने औद्योगिक देखि घरायसी उपकरणहरु समेत नेपाली बजारमा निकै ठूलो परिमाणमा भित्रिइरहेको छ ।

पानीलाई शुद्धिकरण गर्ने उपकरणहरु आयात गर्दै आइरहेको एउटा कम्पनी हो ग्रिन सप्लायर्स । विगत ७ बर्ष पहिले देखि नेपालमा सञ्चालनमा आएको ग्रिन सप्लायर्सले हाल भारतीय बहुराष्ट्रिय कम्पनी युरोका फोब्र्सका उत्पादनहरु युरोगार्ड, केन्ट मिनरल आरओ, लिभ प्युअर आरओ वाटर प्युरिफायर, हाइटेक आरओ लगायत नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जसले गर्दा शुद्धपानी अधिकांश मानिसहरुको पहुँचमा पुग्न सफल भएको छ । यी सामानहरु स्वास्थ्यवद्र्धक रहेको र विभिन्न अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्न सफल उपकरणहरु हुन् ।

विगतमा शुद्ध पानी उपलब्ध हुन नसक्दा नेपालमा रोगव्याधिको समस्या विकराल रुपमा रहँदै आएकोमा अहिले भने शुद्ध पानीको पहुँचको कारण झाडापखाला जस्ता देख्दा सामान्य लाग्ने तर ठूलो परिमाणमा नोक्सानी पु¥याउने स्वास्थ्य समस्यामा समेत कमी आएको छ ।
हाल ग्रिन सप्लायर्सले उपलब्ध गराउने उपकरणहरु विभिन्न वर्गलाई लक्षित छन् । घरायसी देखि कमर्सियल र इण्डष्ट्रियल तह सम्मका व्यक्तिहरुलाई लक्षित यी उपकरणहरुको बजार पछिल्ला बर्षहरुमा नेपाली बजारमा बढ्दो छ । बार्षिक १५ देखि २० प्रतिशतको हाराहारीमा यी वस्तुहरुको बजार बढ्दै गएको ग्रिन सप्लायर्सका प्रबन्ध निर्देशक अतिक सल्मानी बताउँछन् ।

व्यवसाय विस्तारका शुरुका दिन ः
नेपालमा विगत करिब १२ बर्ष पहिले देखि यस क्षेत्रमा काम गर्दै आएका सल्मानीले नेपालमा यस क्षेत्रको भविष्य राम्रो रहेको देखेको कारण यस क्षेत्रमा आफैंले करिब ७ बर्ष पहिले देखि ग्रिन सप्लायर्स नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । कम्पनी शुरुका दिनमा नेपालका जनताहरुले यस्ता उपकरणको बारेमा राम्रो तवरले बुझ्न नसकेको कारण ती उपकरणहरुको फाइदाको बारेमा बुझाउन निकै गाह्रो पर्ने गरेकोमा अहिले सम्म आइपुग्दा भने यस बारेमा नेपालमा नै उपभोक्ताहरु सचेत बनिसकेको कारण अहिले यस व्यवसायमा रहेर काम गर्न धेरै सहज बनेको छ ।

राम्रो सम्भावना ः
नेपालमा जनसंख्या बढ्दै गएको, पानीका प्राकृतिक श्रोतहरु घट्दै गएको अहिलेको अवस्थामा अधिकांश शहरी क्षेत्रमा आवश्यक पर्ने पानीको मुख्य स्रोत भनेको जमीनबाट उपलब्ध हुने पानी नै हो । जमीनबाट उपलब्ध हुने यस्ता पानीका स्रोतहरुको अध्ययन गरी त्यहाँको पानीमा कुन प्रविधि उपयुक्त हुन्छ, सोही बमोजिम प्राविधिक सल्लाह उपलब्ध गराएर आफ्ना उपकरणहरु ग्राहकलाई उपलब्ध गराउने काम यस ग्रिन सप्लायर्सले गर्दै आएको छ ।

हाल यस कम्पनीले घरायसी प्रयोजनको निम्ति ५ हजार देखि ३० हजार मूल्य सम्मका उपकरणहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले उपलब्ध गराउने उपकरणहरु अन्तरगत वाटर प्युरिफायर, एयर प्युरिफायर, भेजिटेबल एण्ड फ्रुट प्युरिफायर, सोलार वाटर हिटर लगायत रहेका छन् । हाल १० जना प्राविधिकहरुलाई उपभोक्ताको माग र आवश्यकता बमोजिम खटाइ सेवा दिँदै आएको यस कम्पनीले नयाँ उत्पादनहरु विस्तार गर्ने योजना समेत बनाएको छ ।
विक्रीपछिको सेवामा प्रतिवद्ध ः
हाल यस कम्पनीले नेपालमा आफूले उपलब्ध गराएका सामाग्रीहरुमा १ बर्षको वारेन्टी दिँदै आएको छ । १ बर्ष भित्र आफ्ना उत्पादनहरुमा कुनै खरावी आएमा घरमा नै पुगेर मर्मत गराउँदै आएको यस कम्पनीले ग्राहकको मन जितेर काम गर्न सफल रहेको कम्पनीका प्रबन्ध निर्देशक सल्मानीको दाबी छ ।
कम्पनीका उपकरणहरु ः
हाल यस कम्पनीले घरेलु तथा साधारण प्रयोजनको निम्ति विद्युतको आवश्यकता नपर्ने उपकरणहरु, इनार र वोरिङको लागि आरओ प्रविधिमा आधारित उपकरण र ठूलो परिणाममा पानी आवश्यक पर्ने अवस्थालाई लक्षित गरी ५० हजार देखि ५ लाख सम्म लगानीका कमर्सियल उपकरणहरु उपलब्ध गराउँदै आएको छ ।

विजुली नचाहिने उपकरणहरुले ३ चरणमा पानी शुद्धिकरण गर्ने सल्मानीले बताए । उनले भने ‘बिजुली नचाहिने मेसिनले पानीमा भएका हानिकारक व्याक्टेरिया, किटाणु र भाइरसलाई निष्क्रिय बनाउने काम गर्छ ।’ १० देखि १६ लिटर क्षमतामा उपलब्ध यी उपकरणको मूल्य करिब ५ हजारको हाराहारीमा छ । बिजुलीबाट चल्ने उपकरणहरु आरओ, युभी र युएफ प्रविधिमा आधारित छन् । यी मेसिनहरुले पानीमा भएको धुलो तथा माटो, रासायनिक पदार्थहरु जस्तै आइरन, एमोनिया, आर्सेनिक, पेष्टिसाइड लगायत र व्याक्टेरिया, भाइरस र प्रोटोजोआ लगायतका घुलित पदार्थहरुलाई शुद्धिकरण गर्ने काम गर्छन् ।

उपभोक्तालाई सचेत बनाउँदैः

आफूले ग्राहकलाई १ पटक मात्र सामान बेच्नु कम्पनीको सफलता होइन । आफुले उपलब्ध गराएका सामानहरुले ग्राहकलाई समेत राम्रो सन्देश जान सके व्यवसायलाई राम्रो तवरले टिकाउन सकिन्छ भन्ने मान्यता बमोजिम हाल सल्मानीले आफूले सामान उपलब्ध गराउनु भन्दा पहिले नै सबै कुरा ग्राहकलाई बुझाएर प्राविधिक पक्षलाई समेत विचार गरी सामान उपलब्ध गराउँदै आएका छन् । जसले गर्दा ग्रिन सप्लायर्स प्रति उपभोक्ताहरुमा राम्रो सन्देश प्रवाह भएको छ भने कम्पनीको व्यापार समेत बढेको छ ।

कम्पनीका आगामी योजना ः
नेपालमा हाल स्वास्थ्य तथा सुरक्षाजन्य क्षेत्रमा व्यक्तिगत तवरबाट काम गर्दै आएको यस ग्रिन सप्लायर्सले राज्य मातहतका निकायहरुसँग समेत सहकार्य गर्दै आगामी दिनमा आफ्ना गतिविधिहरु अघी बढाउने योजना बनाएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा व्यक्तिगत वा निजी कम्पनीको तर्फबाट मात्र काम गर्न सम्भव नभएको कारण नेपाल सरकारसँग सहकार्य गरी कार्य गर्न पाए आफूहरुले निकै ठूलो क्षेत्रका मानिसहरु सहज रुपमा स्वास्थ्य पहुँचमा पुग्न सक्ने कम्पनीका प्रबन्ध निर्देशक सल्मानीले बताए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: