दुई लाख आप्रवासीलाई अमेरिका छाड्न ट्रम्प प्रशासनको आदेश


काठमाडौं । ट्रम्प प्रशासनले दुई लाख आप्रवासीलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिदिएको छ । मध्यअमेरिकी देश एल साल्भाडोरका २ लाख मानिसहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिएको हो ।

सन् २००१ मा एल साल्भाडोरमा लगातार भूकम्प आएपछि मानवतावादी कार्यक्रम ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ (टीपीएस) दिइएको थियो । अब भने एल साल्भाडोरका मानिसहरुलाई अमेरिका छाड्न सन् २०१९ सम्मको समयसीमा दिइएको छ ।

सो  अवधिभित्र फिर्ता नभएमा पक्राउ गरी आवश्यक कारबाही गर्ने चेतावनी ट्रम्प प्रशासनले दिएको छ । अमेरिकाले यसअघि हैटी र निकारागुआका हजारौं मानिसहरुको टीपीएस सुरक्षा फिर्ता लिएको थियो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै अमेरिकामा आप्रवासीलाई रोक्ने घोषणा गरेका थिए ।

 

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: