रक्त अनुसन्धानको लागि प्रयोगशाला र वातावरण निर्माण गर्ने याेजनामा त्रि.वि.लायन्स रक्त संचार

  • नेपाल रेडक्रस साेसार्इटीकाे पुरक संस्थाकाे रूपमा काम गर्ने

  • नेपालमा रक्त उपलव्धता सम्वन्धमा त्रि.वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्रले गर्दै आएको पहल, योजना र कार्यान्वयनको अवस्थाका सम्वन्धमा केन्द्रका अध्यक्ष श्री रुद्रहरि ज्ञवालीज्यू सँगको संक्षिप्त संवाद ः

    रुद्रहरि ज्ञवाली, अध्यक्ष, त्रि.वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्र

    क. त्रि.वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्र कस्तो संस्था हो ?
    त्रि.वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द, लायन्स क्लब्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा स्थापित विशुद्ध गैर नाफामूलक सामाजिक संस्था हो । नेपालमा रगत र रगत सँग सम्बन्धित तत्वहरु सहज, सरल र गुणस्तरीय तवरले उपलव्ध गराउने र यस सम्बन्धी अनुसन्धानका कार्य गर्ने यसको मूख्य उद्धेश्य हो ।

    ख. यस संस्थाले के–कस्ता गतिविधिहरु सञ्चालन गर्दै आएको छ ?
    २०७३ साल वैशाख महिनामा दर्ता भएको यो संस्थाले आवश्यक सरकारी प्रक्रिया पूरा गरीे यो संस्था भर्खर स्थापित भएको हो । हाल संस्थाको कार्य अन्तरगत रक्त संचार भवनको निर्माण कार्य द्रुत गतिका साथ अघी बढिरहेको छ । यथासम्भव छिटो रक्त संचार केन्द्रलाई पूर्णता दिएर कार्यान्वयनमा ल्याउने उद्धेश्यको साथ हामी जोडतोडका साथ लागि परेका छौं । संस्था दर्ता भएको झण्डै २० महिनामा संस्था आफ्नै भवन निर्माण गर्न सफल भएको छ ।

    ग. नेपालमा लामो समय देखि नेपाल रेडक्रस सोसाईटीले रक्त सेवा उपलव्ध गराउँदै आएको थियो नि । तपाईहरुको यस क्षेत्रमा आवश्यकता किन रह्यो ?
    वास्तवमा भन्ने हो भने यो रक्त संचार जस्तो पुनित कार्य हालसम्म रेडक्रसले गर्दै आएकोमा हामी सबै उक्त संस्था प्रति आभारी छौं । त्यो संस्था धन्यवादको पात्र नै हो । बढ्दो जनसंख्या, शहरीकरण, सडक दुर्घटना, विभिन्न रोगहरुको प्रकोप, प्राकृतिक विपत्तिका कारण रगतको अभाव बेला–बेलामा हामीले भोग्ने र सुन्ने गरेकै छौं । रगतको अभावले नेपालीहरुले ज्यान गुमाउन नपरोस् भन्ने ध्येय र रगत तथा रगत सम्बन्धी तत्वहरुको थप गुणस्तरीयता, सर्वसुलभता र यसमा गर्नु पर्ने थप अनुसन्धानका लागि हामीले हाम्रो संस्थाको आवश्यकता महशुस गरका हौं । यो संस्था रेडक्रसको वैकल्पिक संस्था होईन, बरु परिपुरक संस्था हो । साथै नेपालमा रहेका २०,००० भन्दा बढी लायन्स सदस्यहरुको सेवा भावलाई मुखरित गर्न स्थापना गरिएको संस्था पनि यो हो ।


    घ. अहिलेको अवस्थामा नेपालमा नेपाल रेडक्रस सोसाईटीले उपलव्ध गराउने रगतको परिमाण र गुणस्तरीयता तथा तपाईहरुले उपलव्ध गराउने सोही सेवामा के भिन्नता रहन्छ ?
    यो संस्था रेडक्रससँग प्रतिष्पर्धा गर्न वा विकल्पका लागि स्थापना गरिएको संस्था नभएको हुनाले सहयात्रा, सहकार्य र पारस्परिक सहयोग आदानप्रदान गर्न तयार छौं । त्रि.वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्र रक्त सेवा र यसको गुणस्तरमा निरन्तर सुधार गर्दै लैजानुपर्छ भन्ने कुरामा प्रतिवद्ध छ । यो संस्थाले रेडक्रस सँंग सहयात्रा गर्दै आगामी दिनमा गुणस्तरीय रगत उपलव्धता गराउन थप सहजीकरण गर्दै जानेछ ।

    ङ. रगतको अभावमा छटपटाईरहेका विरामीहरुले रक्त सेवा प्राप्त गर्नका निम्ति प्रक्रिया र मापदण्ड के–के छन् ?
    यो त सामान्य कुरा हो जो विरामीलाई रगतको अवश्यकता पर्दछ उहाँहरुलाई हामीले चिकित्सकको सिफारिसमा रगत उपलव्ध गराउने हो । यसमा हामीले २ वटा तरिका अपनाउँछौं । एउटा अस्पतालहरुको एकमुष्ट मागका आधारमा अर्को विरामीको आपत्कालिन अवस्था हेरेर सोझै विरामीलाई पनि दिने व्यवस्था । त्यसमा पनि विरामीको आर्थिक अवस्था हेरी अस्पतालको निःशुल्क शैयामा उपचार गराईरहेका विरामीहरुलाई निःशुल्क रुपमा रगत उपलव्ध गराउने योजना हामीले बनाएका छौं । रगत निःशुल्क प्राप्त हुने भएता पनि त्यसको प्याकेजिंग, भण्डारण र संस्थाको स्थायित्वका लागि केही शुल्क लिनुपर्ने हुन आउँछ ।
    च. अहिले तपाईहरुको पहुँच कहाँ–कहाँ विस्तार भएको छ रु सेवा विस्तार गर्ने आगामी योजनाहरु के–के राख्नु भएको छ रु
    हाम्रो सेवा अहिले शुरुवात नै भएको छैन तर केन्द्रमा त्रिभुवन विश्व विद्यालय आयुर्वेद क्याम्पस परिसरमा संचालन गरीसके पश्चात् देशका प्रमुख शहरहरु भरतपुर, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, भक्तपुर, बनेपा लगायत सातवटै प्रदेशका राजधानीहरुमा समेत आगामी १० वर्ष भित्रमा सेवा विस्तार गर्दै लैजाने योजनामा हामी छौं ।

    छ. अहिले नेपालमा दैनिक औसत कति रगत आवश्यक छ, विगतमा यो अवस्था कस्तो थियो र भावी दिनमा रगतको आवश्यकताको अवस्था कस्तो रहने आंकलन गर्नु भएको छ ?
    हाल काठमाडौंको रगतको मागको चाप दैनिक औसत ५ सय पिण्ट रहेको तथ्यांक पाईन्छ भने आपूर्ति केवल ३५० पिण्ट मात्र रहेको छ । जनस्वास्थ्य प्रतिको बढ्दो चेतना र चासो, बढदो शहरीकरण, पूर्वाधारको अवस्था , दूर्घटना एवं प्राकृतिक विपत्ति जस्ता कारणले रगतको मागको मात्रा कम नभई आगामी दिनहरुमा बढ्दै जाने अनुमान गर्न सकिन्छ ।

    ज. संकलित रगतलाई कति समय सम्म सुरक्षित तवरले प्रयोगमा ल्याउन सकिन्छ ?
    यसको लागि रगतका तत्वहरुको बारे बुझ्नुपर्दछ । मुख्यतः रगतका तिन तत्वहरु हुन्छनः रातो रक्त कोष, सेतो रक्त कोष र प्लेटलेस हुन् । सामान्यतया, च्भम द्ययियम ऋभिि ३५ दिन, ध्जष्तभ द्ययियम ऋभिि ५ दिन र एबितभ भिकक १ देखि ७ वर्ष सम्म सुरक्षित राख्न सकिन्छ । साथै सो अवधि भित्र प्रयोगमा ल्याउन सकिन्छ ।

    झ. संकलित रगत भण्डारणका लागि के–कस्ता कुरामा विचार पु¥याउनु पर्छ ?
    भण्डारणका लागि आवश्यक मुख्य कुरा भनेको तापक्रमको व्यवस्थापन हो । यसका लागि विद्युत आपुर्ति र फ्रिजहरुको आवश्यकता पर्दछ । साथै निरन्तर अनुगमनको आवश्यकता पनि पर्दछ ।

    ञ. रगत संकलनको क्रममा रगत प्रदान गर्ने व्यक्ति स्वस्थ रहनु कत्तिको आवश्यक रहन्छ ? साथै रगत दिने व्यक्तिको स्वास्थ्य अवस्थाको मापदण्ड के–के हुन सक्छन् ?
    पूर्णरुपमा स्वस्थ व्यक्तिले मात्र रक्तदान गर्न सक्छ । रोगी व्यक्तिको रगतबाट विरामीलाई ठीक हुँदैन । त्यसैकारण रगतबाट सर्न सक्ने रोग नलागेको वा स्वस्थ व्यक्तिले मात्र रक्तदान गर्न सक्दछ ।

    ट. नेपालमा रगतको अनुसन्धान सम्बन्धमा अहिले सम्म के–कस्ता पहल भइरहेका छन् ? आगामी दिनमा कस्ता पहल हुनुपर्ने तपाईलाई लाग्छ ?
    अहिले सम्म नेपालमा त्यस्तो उपलव्धमूलक अनुसन्धान भएको पाईएको छैन । अनुसन्धानका लागि केही आधारभूत कुरा हुनुपर्दछ । अनुसन्धानकर्ता, साधन श्रोत, अनुसन्धान गर्ने वातावरण लगायत । हालसम्म नेपालमा यस्तो वातावरण बन्न सकेको छैन । यस्तो अवस्थामा हामीले त्रि.वि.का माईक्रोवायोलोजीका प्राध्यापक एवं विद्यार्थीलाई अनुसन्धानको लागि प्रयोगशाला र वातावरण निर्माण गर्ने उद्धेश्य समेत लिएर हामी अघी बढेका छौं । आगामी दिनमा यसमा केही महत्वपूर्ण अनुसन्धान हुने कुरामा हामी विश्वस्त छौं ।

    ठ. रगत संकलन र उपलव्धता सम्बन्धमा राज्यको दायित्व कस्तो हुनुपर्छ ?
    निश्चय नै स्वास्थ्य सेवा राज्यको दायित्व भित्र पर्दछ । राज्यले आफैं वा आफू मातहतका निकाय वा हामी जस्ता स्वयंसेवी संस्थालाई आवश्यक पूर्वाधार र सुविधा एवं प्रोत्साहन गरेर स्वास्थ्य सेवा सर्वसुलभ गराउनुपर्दछ । नियमन र प्रोत्साहन, दण्ड र पुरष्कार मार्फत पनि राज्यले आफ्नो दायित्व पूरा गर्नुपर्दछ । उदाहरणका लागि प्रति युनिट रगत संकलन, भण्डारण र वितरणमा लाग्ने शुल्कलाई राज्यले पुरा वा आंशिक रुपमा भार वहन गर्ने हो भने विरामीहरुका लागि थप राहत प्राप्त हुन सक्दछ ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: