शहिदहरुको सम्झनामा स्थापित शहिद स्मृति आयुर्वेद अस्पताल

  • शहिद र वेपत्ता परिवारको लागि विशेष सहुलियत

  • कल्याण भण्डारी निर्देशक शहिद स्मृति आयुर्वेद अस्पताल प्रा.लि

    शहिद स्मृति आयुर्वेद अस्पतालको पृष्ठभूमी ः
    नेपालमा १० बर्ष लामो जनयुद्धको क्रममा हजारौं मानिसहरुको मृत्यु भयो । त्यो भन्दा बढी संख्यामा नेपालीहरु घरवारविहीन भए । अहिले पनि थुपैै्र मानिसहरु बेपत्ता छन् । कैयौंको शरीरमा रहेको गोली शरीरबाट निकाल्न सकिएको छैन । अन्य व्यक्तिहरु समेत बिना सीप जनयुद्धलाई नै सर्वस्व ठानी त्यसतर्फ लागेको कारण आर्थिक अवस्था समेत निकै कमजोर बनेको छ । यद्यपि यसैको फलस्वरुप अहिले नेपालमा गणतन्त्र संस्थागत हुने गरी ३ ओटै तहका निर्वाचनहरु सम्पन्न भएका छन् । आशा गरौं अब नेपालमा यस्तो अवस्था पुःन दोहोरिने छैन ।

    आफ्नै परिवारका २ जना दाइहरु अहिले सम्म राज्यबाट बेपत्ता बनाइएको पीडामा छट्पटाएका र लामो समय जनयुद्धमा नै व्यतित गरेका व्यक्ति हुन् कल्याण भण्डारी । धादिङ स्थायी घर भएका उनी पनि अन्य नेपाली युवाहरु होमिए जसरी नै २०५२ देखि जनयुद्धमा होमिए । पछि टे«ड युनियनको क्षेत्रमा रही लामो समय कर्मचारी र व्यवस्थापन पक्षमा देखा पर्ने थुप्रै समस्याहरुलाई मिलाउने काम गरे । विगत १ बर्ष देखि भनी राजनीतिबाट केही टाढिएका छन् । अहिले उनी आफैं उद्यमशिलताको बाटोमा हिँड्नुपर्छ भन्ने मान्यता बमोजिम स्वास्थ्य र कृषि क्षेत्रमा संलग्न छन् ।

    विगत करिब ४ महिना पहिले देखि बालाजु स्थित शहिद स्मृति आयुर्वेद अस्पताल समेत सञ्चालन गर्दै आएका उनी आफ्नो अस्पतालमा कमजोर आर्थिक अवस्थाका र खासगरी शहिद परिवार र वेपत्ता परिवारका व्यक्तिहरुलाई निःशुल्क रुपमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने कार्य हुँदै आएको बताउँछन् । करिब ४० लाख लगानीमा सञ्चालनमा आएको यस अस्पतालले हाल चिनियाँ प्रविधिमा आधारित रही प्राकृतिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

    विगत ३ बर्ष पहिले आफुलाई चीन भ्रमणको निम्ति जाने अवसर मिलेको र त्यहाँको विकास र खासगरी स्वास्थ्य सेवा प्रदानको अवस्थाबाट प्रभावित भएर नेपालमा आई बौद्ध स्थित चाइना अस्पतालसँग सम्बन्धित रही धेरै कुरा सिक्ने अवसर आफूलाई प्राप्त भएको भण्डारी बताउनुहुन्छ । पहिले केही सयम युटिएल कम्पनीमा जागिर समेत गरेका उनी हाल सहकारीबाट कर्जा लिएर आफैं अस्पताल सञ्चालन गर्ने तर्फ आकर्षित भएका हुन् ।

    आयुर्वेदको खानी हो नेपाल ः
    नेपालमा अहिले निकै धेरै संख्यामा आयुर्वेदिक औषधीहरु छन् । जुन हाम्रा ग्रामीण परिवेशमा सर्वत्र निशुल्क नै पाउन सकिन्छ । तर हामीलाई यस बारे जानकारी नहुँदा वा भएपनि बेवास्ता गर्दा एलोपेथिक औषधी लिनको निम्ति अस्पताल नै जाने अवस्था छ । जुन दुःखद हो ।

    विषादी र रासायनको प्रभावले रोगी बन्दै नेपाली ः

    अहिले नेपाली बजारमा भएका अधिकांश खाद्य वस्तुहरुमा अखाद्य रासायनिक पदार्थ र विषादीको प्रयोग हुँदै आएको छ । यसले मानवीय स्वास्थ्यमा पार्ने प्रभाव निकै नराम्रो हुन्छ । धुलोधुवाँको समस्या काठमाडौंमा निकै विकराल छ । बाहिर देखिँदा आकर्षक र नबिग्रने बनाउन प्रयोग गरिने रसायनले मानिसहरुको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा नेपाल सरकारले समेत अध्ययन गर्न वा मापदण्ड तोक्न सकेको छैन । यस्तो अवस्थामा नेपालका सबै मानिसहरुलाई आयुर्वेदमा नै राम्रो सम्भावना छ भनेर मानिसहरुलाई सचेत बनाउनुको विकल्प छैन ।

    अस्पतालहरुको सेवा भाव नै कमजोर ः
    अहिले नेपालकाका अधिकांश अस्पतालहरु अत्यधिक मुनाफाबाट प्रभावित भइ सञ्चालन भइरहेका छन् । यस्तो अवस्थामा सेवा भाव गौण छ । जसको प्रभाव स्वरुप रोग निको बनाउने उद्धेश्यले अस्पताल पुगेका विरामीहरु अर्को समस्याको भारी बोकी घर फर्कनुपर्ने अवस्था छ । यो समग्र नेपाली युवाहरुको निम्ति निकै दुखद कुरा हो । यस्तो अवस्थामा केही हद सम्म नेपालीहरु सुलभ दरमा स्वास्थ्य सेवा प्राप्त गर्ने पहुँचमा पुग्न सकुन् भन्ने मान्यताले शहिद स्मृति आयुर्वेद अस्पताल सञ्चालन हुँदै आएको छ ।

    हाल यस अस्पतालले पञ्चकर्म लगायतका प्रविधिमा आधारित भइ उपचार गराउँदै आएको छ । अकुपंचर र अकुप्रेसर विधिमा आधारित रही उपचार गर्दै आएको यस अस्पतालमा पायल्स, पत्थरी, यौनरोग, महिलामा आउने समस्याहरु, मानसिक समस्या, हाडजोर्नी, पञ्चकर्म लगायतका विविध समस्याहरुको उपचार हुँदै आएको छ ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: