अल्बर्ट आइन्स्टाइनको युवतीलाई यस्तो जवाफ !


जर्मनी भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइन बेलुकीपख कुनै होटलमा खाजा खाइरहेका थिए । उनको आडको कुर्सीमा आइन्स्टाइनसँग अपरिचित एक नौजवान युवती अएर बसिन् । परिचयको क्रममा उनले आइन्स्टाइनलाई सोधिन्, के गर्नुहुन्छ ? प्रत्यूत्तरमा उनले भने, फिजिक्सको पढाइ गर्दैछु ।

युवतीले मुखभरि आश्चर्यको भाव ल्याउदै भनिन्, कस्तो अचम्म ! यत्रो सेतै कपाल फुलिसक्यो, अझै फिजिक्स सक्नुभाएको छैन । मेरो फिजिक्सको स्टडी त गत वर्ष नै सकिएको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: