गुल्मीहरूकाे कालिगण्डकी समाजले जापानमा गठन गर्याे नयाँ कमिटी


 कालिगण्डकी (गुल्मी) समाज जापानको प्रथम भेला आयोजक कमिटीका संयोजक कासिराम न्यौपानेको सभापतित्वमा टोकियोको डबका रेस्टुरेन्ट सिनओकुबोमा सम्पन्न भएकाे छ  ।
भेलामा  बिशेष अतिथिकाे रूपमा श्री कोरेङ्ग नि.मा.बी खड्गकोटको निबर्तमान प्र.अ पुरुषोत्तम ढकाल रहनुभएको थियो ।
 अधिबेशनबाट २ बर्षको लागि  नयाँ कार्यसमिति चयन भएकाे छ । 
नयाँ कमिटीमा  अध्यक्ष कासिराम न्यौपाने, बरिष्ट उपाध्यक्ष कृष्णप्रसाद न्यौपाने, उपाध्यक्ष  मथुरा पराजुली, महासचिब  प्रकाश ढकाल, सचिब शिशिर न्यौपाने, कोषाध्यक्ष  सन्तोष पौडेल, तथा सदस्यहरूमा बसन्त ढकाल ,  देबकुमार थापा,  गोबिन्द ढकाल, बिरेन्द्र श्रेष्ठ, शोभा ढकाल छन् । बाँकी ४ सदस्य पछि थप गरिनेछ ।
कार्यक्रमको संचालन प्रकाश ढकालले गर्नुभएको थियो ।

 

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: