जागरूक युवाहरूकाे कुलेखानीमा वनभाेज सम्पन्न


काठमाडाैंकाे क्षेत्र नम्बर ६ अन्तरगत तारकेश्वर नगरपालिकामा पर्ने लाेलाङ, सानाेपुल, पैयुँटार लगायतकाे क्षेत्रका विचार मिल्ने  युवाहरू  अाज अापसी भाइचारा र दीगाे सम्बन्ध स्थापना तथा अात्मियता विस्तारकाे याेजना वनभाेज कार्यक्रम अायाेजना गरेका थिए । 

मकवानपुरकाे कुलेखानी क्षेत्रमा अायाेजना गरेकाे वनभाेज कार्यक्रममा अधिकांश युवा वर्ग नै थिए । युवाहरू एक हुनुपर्छ भन्ने मान्यतामा अाधारित रही वनभाेज अायाेजना गरेकाे अायाेजक टिमले जनाएकाे छ ।

नुवाकाेटकाे गेर्खुका  स्थानीय वासिन्दा दीपक घिमिरेकाे संयाेजकत्वमा अायाेजित वनभाेज कार्यक्रम निकै साैहाद्र वातावरणमा सम्पन्न भएकाे छ । अाज यस समूहबाट पिकनिक जानेहरू ४० जनाकाे सङ्ख्यामा थिए । एउटा बस रिजर्भ गरेकाे र क्याटरिङ बुकिङ गरेकाे यस समूह अागामी दिनमा पनि यस्ता गतिविधिहरूलार्इ निरन्तरता दिनुपर्ने अावश्यकता देखाएकाे छ ।

विहान साढे ८ बजे काठमाडाैंबाट छुटेकाे बसमा सवार ४० जना व्यक्तिहरू साढे ११ बजे पिकनिक स्पट मकवानपुरकाे कुलेखानी पुगेका थिए । कुलेखानी क्षेत्रकाे इन्द्रसराेवर तालकाे छेउमा म्युजिक सहित नाचगान, रमणीय स्थलहरूकाे भ्रमण, फाेटाे सेसन, बाेटिङ, खानपान लगायतका गतिविधिहरूमा दिनभर व्यस्त रहेका उनीहरू साँझ ९ बजे काठमाडाैं अाइपुगेका छन् ।

पिकनिक अायाेजना गरेर अापसी सम्बन्धलार्इ थप मजबुत बनाउन सहयाेग गरेकाेमा उपस्थितहरूले संयाेजक दीपक घिमिरेलार्इ बधार्इ दिएका छन् । 

 

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: