अाफूहरूकाे पीडा सम्बाेधन गर्न नसकेकाे रोजगारदाताको अाराेप


काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले रोजगारदाताको पीडालाई सम्बोधन गर्न नचाहेको भन्दै आपत्ति जनाएको छ ।  महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले रोजगारदाताको पीडालाई सम्बोधन गर्न सरकार उदासिन रहेको भन्दै आपत्ति जनाएका हुन् । 

उपाध्यक्ष सरकारले श्रम ऐन विपरित नियमावली ल्याए त्यो मुलुकका लागि दूर्भाग्य हुने चेतावनी समेत दिए । विहिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले रोजगारदाताको भावनालाई सरकार र श्रमिक युनियनहरुले कदर गर्न नसकेको आरोप समेत लगाए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: